संसदीय दलको नेताको निर्वाचन गराउन कांग्रेसले बनायो निर्वाचन समिति
वि.सं.२०७९ पुस ३ आइतवार २०:०२
shares

काठमाडौं ।नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न ३ सदस्यीय समिति बनाएको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा प्रकाश स्नेही र पुष्पा भुसाल सदस्य रहेको समिति बनाएको हो ।
संसदीय दलको नेताको चुनावको मिति तोक्ने र चुनाव गर्ने जिम्मेवारी समितिलाई दिइएको छ । दलको नेतामा सभापति शेरबहादुर देउवा, शेखर कोइराला, गगन थापा लगायत आकांक्षी छन् ।
बैठकले प्रदेशसभामा दलको नेता चयनको निर्वाचन अघि बढाउनका लागि प्रदेश समितिहरुलाई निर्देशन पनि दिएको छ ।







































