धरानका मेयर हर्क साम्पाङले मागे माफी
वि.सं.२०७९ पुस ४ सोमवार ०७:३३
shares

धरान ।धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो फेसबुक पोष्टमा प्रयोग भएको शब्द दलित समुदायलाई नराम्रो लागेको भन्दै माफी मागेका छन् । ‘मैले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्यासित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थ प्रति दुख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुखी बनाएको रहेछ,’ उनले एक विज्ञप्ति निकालेर भनेका छन्, ‘त्यसका लागि क्षमाप्राथी छु ।’
उनले कसैलाई ठेस पुर्याउन नियतवश सो स्टाटस नलेखेको पनि स्पष्ट पारेका छन् । मेयर साम्पाङले आफूले समानताको भावनाको साथ सबै मिलेर देशलाई माथि उठाउनका लागि विकृति विसंगति बेथिति, भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद, शोषण र दमन विरुद्ध लामो समय अभियान चलाएको पनि स्मरण गरेका छन् ।
मेयर साम्पाङले दलित समुदायलाई अवहेलना हुने शब्द प्रयोग गरेको भन्दै आलोचना हुँदै आएको थियो ।






































