२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मेसीले बनाए विश्वकपमा धेरै खेल खेल्ने किर्तिमान

1.43K
shares

काठमाडौं ।अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् । कतारमा जारी २२औं संस्करणको विश्वकप फुटबल फाइनलमा फ्रान्स विरुद्ध मैदान उत्रे सँगै मेसीले सर्वाधिक २६ खेल खेल्ने कीर्तिमान बनाएका हुन् ।

जारी विश्वकपमा सातौँ खेल खेलिरहेका मेसीले जर्मनीका लोथार म्याथाउसको २५ खेलको कीर्तिमान तोडेका हुन् । सन् २००६ मा सर्विया एण्ड मोन्टेनेग्रो विरुद्ध खेल्दै विश्वकपमा डेब्यु गरेका मेसी सर्वाधिक ५ विश्वकप खेल्ने ६ खेलाडी मध्ये एक हुन् । मेसीले फ्रान्स विरुद्ध २४ मिनेट भन्दा बढी खेलेपछि अर्को कीर्तिमान पनि बनाउनेछन् । मेसीले विश्वकपमा सर्वाधिक २ हजार २१७ मिनेट खेल्ने पाउलो माल्दिनीको कीर्तिमान तोड्नेछन् ।

मेसीले सन् २००६ मा तीन खेल खेलेका थिए भने २०१० मा पाँच खेल खेलेका थिए । यस्तै २०१४ मा फाइनल पुग्दा ७ र २०१८ मा ४ खेल खेलेका थिए । मेसीले विश्वकपमा अहिलेसम्म खेलेको २५ खेलमा ११ गोल गरिसकेका छन् । उनले पाँच मध्ये चार विश्वकपमा गोल गरेका थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports