२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रेस इन्स्टीच्युटको अध्यक्षमा तीर्थ कोइराला चुनिए

897
shares

सञ्चार सम्बन्धी तालिम, अनुसन्धान र पैरवीको कार्य गरिआएको नेपाल प्रेस इन्स्टिच्यूटको अध्यक्षमा पत्रकार तीर्थराज कोइराला सर्वसम्मतिले चुनिनुभएको छ । इन्स्टिच्यूटको आइतबार सम्पन्न १औँ साधारणसभाले पत्रकार कोइरालाको अध्यक्षतामा कार्यसमिति समेत गठन गरेको छ । संस्थाको उपाध्यक्षमा नीता सापकोटा, महासचिवमा लक्ष्मण उप्रेती, कोषाध्यक्षमा अमिका रजथला तथा सदस्यहरूमा तपानाथ शुक्ल, मन्टेश्वरी राजभण्डारी, कपिल काफ्ले, मोहन नेपाली, गंगादेवी गुरुङ, अरुण पौडेल, वसन्त रुपाखेती तथा श्रीमन् शर्मा (विज्ञान) चुनिनुभएको छ ।

साधारणसभामा निवर्तमान अध्यक्ष निलकण्ठ उप्रेतीले एनपिआइलाई देशकै प्रतिष्ठित सञ्चार संस्थाका रुपमा अघि सार्न आवश्यक रहेको चर्चा गर्दै इन्स्टिच्यूटको सान्दर्भिकता अझै जीवित रहेको बताउनुभयो । नवनिर्वाचित अध्यक्ष तीर्थराज कोइरालाले एनपिआइले सञ्चालन गरिरहेका १० महिने पत्रकारिता समेतका अन्य तालिमलाई थप व्यवस्थित गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव लक्ष्मण उप्रेतीले आफ्नो स्थापनकाल देखि नै संस्थाले नेपालमा सञ्चार र पत्रकारिताको क्षेत्रमा समर्पित भएर काम गर्दै आएको स्मरण गर्नुभयो । उहाँले आजको परिवर्तित परिस्थितिमा अझ स्तरीय र व्यावसायिक पत्रकारिताका हितका कार्यक्रम अघि बढाउनु समयको माग रहेको बताउनुभयो ।

एनपिआइका हाल काठमाडौंमा केन्द्रीय कार्यालय तथा नेपालगञ्ज र विराटनगरमा क्षेत्रीय सञ्चार स्रोत केन्द्र सञ्चालनमा छन् । संस्थाले काठमाडौँमा १० महिने पत्रकारिता तालिम तथा स्रोत केन्द्र मार्फत पत्रकारिता तालिम र एफएम रेडियो सञ्चालन गरिरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports