एमालेका सांसदहरुको संसदमा नाराबाजी
वि.सं.२०७८ भदौ २३ बुधवार १६:४७
shares

काठमाडौं । आज बसेको प्रतिनिधिसभाको वैठक संसदको प्रतिपक्ष दल नेकपा एमालेको विरोधका कारण वैठक नै सुरु नभई स्थगित भएको छ । नेकपा एमालेले आफ्नो पार्टीका माधव नेपाल सहितका १४ सांसदलाई कारवाही गर्न भाद्र १गते नै संसद सचिवालयमा पत्र दर्ता गराएको थियो । सरकारले नेकपा एमालेलाई विभाजन गर्न सहज होस् भनेर दल विभाजन सम्वन्धी अध्यादेश ल्याएको भन्दै नेकपा एमाले विरोध गर्दै आएको थियो ।
आज बसेको नेकपा एमालेका सांसदीय दलले आफ्नो पार्र्टी कारवाही गरी सासदपद खाली राख्न गरेको पत्रचारलाई सभामुख अग्नी प्रसाद सापकोटाले गठवन्धन राखेका थिए । जव माधव नेपाल समुहले निर्वाचन आयोगले पार्टी दर्ताका प्रमाण पत्र दियो त्यस पछि भाद्र १३ गते मात्र उनीहरुलाई कारवाही गर्न नपर्ने निर्णय दिएका थिए । आजको वैठकमा आफ्नो पार्टीले कारवाही गरेका माधव नेपाल सहितका सांसद लाई वैठकमा सहभागी गराइए संसदको वैठक चल्न नदिने संसदीय दलको निर्णय अनुसार नै आजको वैठक चल्न नदिएपछि वैठक स्थगित भएको छ ।






































