२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अबको रणनीति बनाउन एमाले संसदीय दलको बैठक आज बस्दै

858
shares

 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । आज मध्यान्ह १२ बजे आफ्नो अबको भूमिकाबारे रणनीति बनाउन दलको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका हुन् । आज दिउँसो १ बजे प्रतिनिधिसभाको तेस्रो बैठक बस्दैछ ।

बैठक बस्नुअघि एमाले संसद दलको बैठक बस्न लागेको हो । भदौ २३ गतेबाट सुरु भएको संसद अधिवेशनमा एमालेले निरन्तर अवरोध गर्दै आएको छ । एमालेले संसद अवरुद्धको रणनीतिलाई केही परिमार्जन गरि यथावत राख्ने स्थायी कमिटीले निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी एमालेमाथि सरकारलाई बलमिच्याइँ गरेकोले संसदीय दलको बैठकबाट अबको रणनीति बनाउन लागिएको उनको भनाइ छ ।

भट्टराईका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजनको निम्ति खेलेको भूमिका र संसदमा देखाएको व्यवहारको पनि बैठकमा गम्भीर समीक्षा हुने छ । सभामुखले समस्या समाधानमा चासो नदेखाएकाले भोलि संसदलाई कहाँ पुर्याउँछ भन्न नसकिने बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports