kumari
stcnepal

अबको रणनीति बनाउन एमाले संसदीय दलको बैठक आज बस्दै

 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । आज मध्यान्ह १२ बजे आफ्नो अबको भूमिकाबारे रणनीति बनाउन दलको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका हुन् । आज दिउँसो १ बजे प्रतिनिधिसभाको तेस्रो बैठक बस्दैछ ।

बैठक बस्नुअघि एमाले संसद दलको बैठक बस्न लागेको हो । भदौ २३ गतेबाट सुरु भएको संसद अधिवेशनमा एमालेले निरन्तर अवरोध गर्दै आएको छ । एमालेले संसद अवरुद्धको रणनीतिलाई केही परिमार्जन गरि यथावत राख्ने स्थायी कमिटीले निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी एमालेमाथि सरकारलाई बलमिच्याइँ गरेकोले संसदीय दलको बैठकबाट अबको रणनीति बनाउन लागिएको उनको भनाइ छ ।

भट्टराईका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजनको निम्ति खेलेको भूमिका र संसदमा देखाएको व्यवहारको पनि बैठकमा गम्भीर समीक्षा हुने छ । सभामुखले समस्या समाधानमा चासो नदेखाएकाले भोलि संसदलाई कहाँ पुर्याउँछ भन्न नसकिने बताएका छन् ।

footer