पहिलो पटक आयो निजी क्षेत्रको रेल
वि.सं.२०७८ भदौ ३० बुधवार १३:११
shares

काठमाडौँ ।नेपाल–भारत रेल्वे सम्झौता भएसँगै नेपालमा पहिलो पटक वीरगञ्ज सुख्खा बन्दरगाहमा टर्मिनल प्रालिको भारतीय रेल आएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताएका हुन् ।
‘हल्दियाबाट एक र्याकको कार्गो रेल आज बिहान १० बजे सुख्खा बन्दरगाह आइपुगेको छ,’ उनले भने, ‘खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर छ ।’ २००४
सालमा नेपाल–भारत रेल सम्झौता भए पनि यसले पूर्णता पाएको थिएन । सम्झौतामा दुई पक्षीयबाट केही संशोधन गरेपछि यो कार्यान्वयनमा आएको निर्देशक गजुरेल बताउँछन् । यो सँगै नेपाल आउने सामान ल्याउने कार्गो रेलमा भारतीय कम्पनीको सिन्डिकेट तोडिएको छ । अब सामुद्रिक बन्दरगाहसम्म नेपाली रेलको पहुँच हुनेछ ।
सम्झौतामा नेपाल आउने वस्तु जुनसुकै कार्गो रेलबाट आपूर्ति हुने छ । हाल भारतको सरकारी कम्पनी कन्टेनर कर्पोरेसन इन्डिया लिमिटेडबाट मात्रै सामान ल्याउन मिल्थ्यो । नेपालको रेल पनि सिधै कोलकत्ताको हल्दिया पोर्टसम्म जान सक्नेछन् र नेपाली रेलले नै सामान बोकेर सिधै नेपाल आउन सक्ने छन्





































