तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज बुटवलमा गर्जिन पुगे ओली

585
shares

 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रुपन्देहीको भैरहवा पुगेका छन् । बुटवलमा आयोजना गरिएको कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली आज दिउँसो रुपन्देही पुगेका हुन् ।

बिहान ११ बजे शुरू हुने भनिएको सभालाई सम्बोधन गर्न बिहानै रुपन्देही जाने तयारी भए पनि मौसममा खराबीका कारण ओली दिउँसो २ बजे मात्र भैरहवामा पुगेका हुन् ।

उनीसँगै उपमहासचिव विष्णु पौडेल पनि रुपन्देही पुगेका छन् । कार्यकर्ता भेलालाई अध्यक्ष ओली, उपमहासचिवद्वय पौडेल र घनश्याम भुसालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओलीले मंगलवार मात्र गृहजिल्ला झापाका कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए । अब प्राय दिनहुँ अध्यक्ष ओलीले विभिन्न जिल्लाका कार्यकर्ताहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको एक नेताले बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports