तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

असफल नेताहरुको महागठवन्धन एमालेविरुद्ध् ः टोपबहादुर रायमाझी

585
shares

 

काठमाडौँ । नेकपा एमालेका नेता एवम् पूर्व मन्त्री टोपबहादुर रायमाझीले एमालेविरुद्ध असफल नेताहरुको गठबन्धनले घेराबन्दी गर्ने कोशिश गरेको बताएका छन् ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको गठबन्धनलाई असफल नेताहरुको महागठबन्धन भन्दै उनले त्यसलाई एमालेले असफल पारेर फेरि सत्ताको नेतृत्वमा पुग्ने दाबी गरे ।

नेकपा एमाले रुपन्देहीको कार्यकर्ता भेलालाई आज बुटवलमा सम्बोधन गर्दै नेता रायमाझीले ‘विगतमा असफल भएका नेताहरुको महागठबन्धनले एमालेविरुद्ध घेराबन्दी गर्ने चेष्टा गरेको छ ।

तर एमालेले त्यो घेराबन्दीलाई असफल पार्ने र फेरि सत्ताको नेतृत्वमा पुग्छ भन्दै एमाले र माओवादी केन्द्रबीचको एकता हुँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पापी मन राखेर एकता गरेको रायमाझीले आरोप लगाएका छन् । पदका लागि प्रचण्डले पार्टी एकता तोडेको उनको आरोप रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports