विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महिनाको तीन लाख भाडामा नेपालले पार्टी केन्द्रीय कार्यालय उद्घाटन गरे

663
shares

 

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को नयाँ पार्टी कार्यालय उद्घाटन गरिएको छ । अध्यक्ष माधवकुमार नेपाल शुक्रबारअर्थात आज बिहान नयाँ बानेश्वरस्थित आलोकनगरमा उनले पार्टीको कार्यालयको उद्घाटन गरेका हुन् ।

पार्टी कार्यालय सञ्चालनमा आएको अवसरमा अध्यक्ष नेपालले जनतालाई दशथरी कुरा गरेर नअल्मल्याउने पनि बताएका छन् । उनले राष्ट्र र जनता नै पार्टीका गतिविधिको केन्द्रमा रहने बताएका छन् । ‘कुनै पद प्राप्तिका लागि यो पार्टी गठन भएको होइन ।

देश र जनताप्रति समर्पित हुने हो । यही भावनाअनुसार अगाडि बढ्ने हो,’ अध्यक्ष नेपालले भने । उनले सबै सकरात्मक शक्तिसँग पार्टीले हातेमालो गर्ने र पाँच दलीय गठबन्धनलाई चुनावसम्म नै लैजाने उनले बताएका हुन् । एकीकृत समाजवादीको पार्टी कार्यालय रहेको घर तीन तले छ । अर्को निर्माणाधीन घर पनि भाडामा लिईएको बताएका छन् छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports