kumari
stcnepal

विप्लव विद्रोहमा उत्रिए

 

काठमाडौं । एमसिसी राष्ट्रघाती छ, यो कुनै पनि हालतमा पास हुन दिइने छैन भनेर विप्लव सडकमा निस्केका छन् । जनयुद्धका साथी डा.बाबुराम भट्टराई सिधै पास गर्न ढिला नगरौं भनिरहेका छन्, प्रचण्ड सुधारसहित पास गर्नुपर्छ भन्छन्, विप्लव कुनै हालतमा पास गर्न नहुने आक्रोश पोखिरहेका छन् ।

एमसिसी अब के हुन्छ ?बिप्लवले जसले पारित गर्छ, त्यो राष्ट्रघाती हो, राष्ट्रघातीलाई छुट नदिने उद्घोष गर्न पुगेका छन् । विप्लवको संकेत सफाया नै हो भनेर बुझ्न सकिन्छ ।

विप्लवले आफ्नो बाहुबल, जनबल, नैतिक बल लगाएर राष्ट्रघातीलाई छुट दिन नसकिने हुंकार गरेपछि विप्लवका कार्यकर्ताहरु आगोको फिलिङ्गो तातेझैं तातेका छन् । एमसिसी भन्नेहरु सावधान । राष्ट्रघातीको सातो जानेगरी विप्लव कुर्लिएका छन् ।

 

footer