kumari
stcnepal

ट्याटु हान्ने नाममा मानिसको स्वास्थ्य अवस्थामा समस्या

 

काठमाडौँ । नेपाल यस्तो राष्ट्र हो, जहाँ बेतिथि नै बेतिथि छ । उपत्यकामा यस्ता विकृतिहरु त पाइलापिच्छे भेटिन्छन् भने गाँउगाँउमा पनि भेटिन थालेको छ । बेतिथि फैलाउनुको प्रमुख कारण भनेको देखासिकी पनि हो । नेपाली समाजले नरुचाउने बेतिथिहरु समाजबाटै विकास भइरहेको छ ।

अरुको देखासिकीको कारणले गर्दा नै हाम्रो समाज अगाडी बढ्न नसकेको अवस्था रहेको छ । अहिले बच्चादेखिनै मानिसहरु आफ्नो शरिरमा जस्तो ठाउमा पनि ट्याटु हान्न लागेका छन् त्यसकारण उनीहरुलाई थाहा हुन्न कि कस्तो ठाउमा चाहि ट्याटु हान्दा स्वास्थ्यमा असर पर्दैन भनेर । तर यस्तो ध्यान सरकार कहाँ पनि पुगोस् कि यस्तो कार्य गर्न निषेध गर्नुपर्दछ ।

हाम्रो समाजले मन नपराउने छोटाछोटा पहिरनहरुलाई अहिले फेसनको नाम दिइएको छ । गीतसंगीतको नाममा विकृति मात्र फैलिएको छ । सुन्नै पनि लाज लाग्ने गीतहरु बजारमा आएका छन् । गीतसंगीत त मानिसलाई आनन्द दिनको लागि सुनिन्छ । तर यहाँ गितसंगितले गर्दा अहिले को समाजमा विभिन्न घटनासमेत भईरहेको पाइन्छ ।

समाज र राष्ट्रलाई नै चेतना फैलाउने गीत अहिले बजारमा निस्किन छाडिसकेको छ । भावनात्मक संगीत जसले मानिसमा मनलाई शान्त पार्छ यस्ता संगीतहरु शुन्य बराबर छन् । परिवारसंगै बसेर गीत सुन्न सक्ने खालका अहिले कमै मात्र बनेका होलान् । समयले मानिसलाई कहाँबाट कहाँ पु¥याईसकेको छ । आधुनिक युगसंगै हाम्रो सोचमा पनि परिवर्तन आएको छ । तर आफ्नो संस्कृतिलाई नै बिर्सेर जथाभावी गरेर हिड्न मिल्नु चाहि उचित होईन ।

footer