तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

परराष्ट्रनिति कुनै दल विशेषको हुदैन : मन्त्री खड्का

520
shares

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्नो कार्यकालमा भारत र चीनसँगको सम्बन्ध सन्तुलित हुने बताएका छन् । परराष्ट्र नीति कुनै दल विशेषको नहुने उल्लेख गर्दै उनले राष्ट्रिय सहमतिका साथ अघि बढने प्रतिवद्धता समेत जनाए ।
आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गरेका परराष्ट्रमन्त्री खड्काले सञ्चारकर्मीहरुसँग भने, ‘भारत र चीनसँगको सम्बन्ध अत्यन्तै सुमधुर, घनिष्ठ, मैत्रीपूर्ण र सन्तुलित हुनेछ ।

हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलन कायम गर्दै राष्ट्रिय हितलाई अगाडि बढाउनका लागि राष्ट्रिय सहमतिलाई समेत ध्यानमा राखेर अहिलेको जल्दाबल्दा समस्याका साथै भावी दिनमा आउन सक्ने समस्याबारे पनि मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ ।

मन्त्री खड्काले राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउने काममा आफू केन्द्रित भएर लाग्ने बताए । परराष्ट्र मन्त्रालयलाई एउटा गतिशील र आधुनिक प्रविधियुक्त मन्त्रालयको रुपमा अगाडि बढाउने विषयलाई पनि आफूले प्राथमिकतामा राखेकोे बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports