kumari
stcnepal

फेरि फर्किए सक्किगोनिमा ‘पाँडे’

काठमाडौँ । लोकप्रिय हास्य टेलिसिरियल ‘सक्किगो नि’मा कलाकार अर्जुन घिमिरे (पाँडे)लाई दर्शकले नदेखेको लामै समय भयो । पछिल्ला १२ भागमा दर्शकले उनको अभिनय हेर्न पाएनन् । यो बीचमा थुप्रै दर्शकले उनलाई हेर्न चाहेको बताएका छन् ।

अब, भने दर्शकले टेलिसिरियलमा (पाँडे)लाई हेर्न पाउने भएका छन्। बिहीबारको भागदेखि आफू ‘सक्किगो नि’मा फर्किएको अर्जुनले जानकारी दिए । आज सुटिङमै रहेका उनले भनका छन्, ‘लामो समयको अन्तरपछि अभिनयमा फर्किदैछु ।

केही फरक गरौं भनेर लागिरहेका छौं ।’ अर्जुनकी आमा मस्तिष्क पक्षघातका कारण झण्डै चार महिनादेखि ग्रिनसिटी अस्पतालमा छिन् । उनको अहिलेसम्म होस आएको छैन। आमा बिरामी भएपछि अर्जुन ‘सक्किगोनि’मा देखिन छाडेका थिए

footer