११ जना सशस्त्र प्रहरी डिआइजीको सरुवा, को कहाँ ?
वि.सं.२०७८ असोज ८ शुक्रवार ११:१२
shares

काठमाडौँ । हिजो गृह मन्त्रालयले ११ जना सशस्त्र प्रहरी नायब महानिरीक्षकको सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट ११ जना डिआइजीहरूको सरुवा भएको हो।यो सरुवामा सबै प्रदेशका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरू समेटिएका छन्। सशस्त्र प्रहरी बल मुख्यालयका अनुसार बराह बाहिनी सुनसरीमा कमल गिरीको सरुवा भएको छ । त्यहाँका बाहिनीपति वंशीराज दाहाललाई पशुपति बाहिनी काठमाडौं ल्याइएको छ । यसैगरी, डिआइजी मन्दीप श्रेष्ठलाई गढिमाई बाहिनी हेटौंडाबाट सशस्त्र प्रहरी मुख्यालय सरुवा गरिएको छ ।
हेटौडामा किशोर प्रधानलाई पठाइएको छ । डिआइजी कुलबहादुर नेम्वाङलाई प्रधान कार्यालयको मानवस्रोत विभागबाट विन्ध्यावासिनी बाहिनी, रूपन्देही सरुवा गरिएको छ । राजु अर्याललाई पशुपतिनाथ बाहिनीबाट प्रधान कार्यालयको मानवस्रोत विभागमा सरुवा गरिएको छ । सशस्त्र प्रहरीको पोखरास्थित बाहिनीका नारायणदत्त पौडेललाई कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ ।
पोखरामा शम्भु सुवेदीलाई पठाइएको छ । प्रदेश नम्बर २ को चन्द्रप्रकाश गौतमलाई कार्य तथा सीमा सुरक्षा विभाग मुख्यालयमा सरुवा गरिएको छ । उनको ठाउँमा गणेश ठाडामगरलाई पठाइएको छ । सशस्त्र प्रहरी मुख्यालयको मानव स्रोत विभागमा कार्यरत दुर्गाप्रसाद भट्टराईको सुदूरपश्चिम प्रदेशमा सरुवा भएको छ ।





































