सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पुतलीबजार नपा नगर अधिवेशनः गोपालमानका नाती भर्सेस विपीसँग जोडिएको परिवारका अधिकारी

585
shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार पालिका अधिवेशन हुँदै छ । नगर तथा गाउँपालिकाहरुमा हुने अधिवेशनको लागि कांग्रेसकै विभिन्न समूहहरु प्रतिस्पर्धामा होमिएका छन् । यसैअन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिकाका लागि बिक्रान्तकुमार श्रेष्ठ र सुरजकुमार अधिकारीले उमेदवारी घोषणा गरेका छन् ।

कांग्रेसका उपसभापति गोपालमान श्रेष्ठको गृह नगर पुतलीबजारको नगर अधिवेशनलाई महत्वका साथ हेरिएको छ । पछिल्लो समय जिल्लाका साना विवादमा मुछिदै आएका श्रेष्ठ नगर अधिवेशनमा पनि अछुतो रहन सकेनन् ।

उनले आफ्नै नाती विक्रान्त श्रेष्ठ (सुवर्ण) लाई नगर सभापतिको उम्मेदवार बनाएपछि उनकै समूहभित्र पनि विवाद चर्किएको थियो । जिल्लामा सधै आफ्नो परिवार च्याप्ने श्रेष्ठले यसपटक पनि आफ्नै नातीलाई उम्मेदवार बनाएपछि विवाद चर्किएको हो । यसअघि श्रेष्ठकै सक्रियतामा सुवर्ण उद्योग वाणिज्य संघ स्याङ्जाको अध्यक्ष समेत भएका थिए । त्यसो त उनले संघको अध्यक्ष रहँदाको समयमा विविध आर्थिक अनियमितता गरेको भन्दै आलोचना गर्ने समूहको पनि कमी छैन् ।

उनी संघको अध्यक्ष रहँदा जिल्लामा आयोजना गरेका सांस्कृतिक कार्यक्रम तथा महोत्सव गर्दाको हिसाबकिताव अहिलेसम्म पनि मिलाउन नसकेकोले प्रशासनमा उनका बिरुद्धमा आर्थिक हिनामिनाका मुद्दाहरु अहिलेसम्म पनि विचाराधीन रहेको गोप्य स्रोतले जनाएको छ । केन्द्रीय नेता श्रेष्ठले आफ्नै नाती उम्मेदवार बनाउनु र यसरी मुद्दाहरु समेत खेपिरहेको हुँदा नगरभित्रका धेरै क्षेत्रीय प्रतिनिधिहरु त्यसको विरुद्धमा रहेको स्वंयम क्षेत्रीय प्रतिनिधिहरु बताउँछन् ।

यता, उनका प्रतिद्धन्द्धी रुपमा उम्मेद्वारी दिएका पुतलीबजार न‍.पा.- १० निवासी सुरजकुमार अधिकारीलाई जिल्लामा बलियो रहेको राजु थापा समूहले सहयोग गरेको छ । लामो समय स्थानीय तहको राजनीतिमा सक्रिय रहेका अधिकारीको परिवार पार्टीका विपी कोइरालासँग जोडिएको परिवार भएको भनेर चर्चा गरिएको छ । उनको परिवार विपीसँग नजिक भएकै कारण विपीका मुद्दामा अधिकारीको परिवारलाई समेत मुछिएको र उनको परिवारको सर्वस्व हरण समेत भएको स्याङ्जा कांग्रेसका पुराना कार्यकर्ताको भनाइ छ ।

आर्थिक हिनामिनाको मुद्दा र श्रेष्ठका नातेदार नै भएका कारण गोपालमानसँग रुष्ट बनेका आम कांग्रेसीहरुले सुवर्णको विकल्पमा अधिकारीलाई रोज्ने भएकाले वडा अधिवेशनमा जस्तै नगर अधिवेशनमा पनि राजु थापा पक्षको पल्लाभारी हुने आकलन गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports