संसदको अधिवेशन अन्त्य र अध्यादेश फिर्ता हुने
वि.सं.२०७८ असोज ११ सोमवार १२:३२
shares

काठमाडौँ । आज वस्ने मन्त्रिपरिषद्को बैठकले चालु रहेको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अन्त्य गर्ने निर्णय गरी राष्ट्रिपति कार्यालयमा पत्र पठाउने भएको छ । राष्ट्रिपतिवाट चालु अधिवेशन अन्त्य गरेको घोषणा हुनसाथ सरकारले दल विभाजन सम्वन्धी ल्याएको अध्यादेश फिर्ता गर्ने भएको सुत्रले दावी गरेको छ ।
माओवादी केन्द्रले दल विभाजन सम्वन्धी अध्यादेश फिर्ता गरेरमात्र मन्त्रिपरिषदको विस्तार गर्नु पर्ने निणर्य आज बसेको माओवादी केन्द्रको स्थायी समितिको बैठकले गरेको र जनता समाजवादी पार्टीले समेत अध्यादेश फिर्ता नभएसम्म सरकारमा सहभागी नहुने जनाएकोले उनीहरुको माग पुरा गर्न शेरवहादुर देउवा सरकार तयार भएको हो ।
अध्यादेश फिर्ता भए पछि दल विभाजन हुन सक्ने सम्भावना नरहेकोले अध्यादेश फिर्ताको तयारी सरकारले गरेको छ । त्यही अध्यादेश कै कारण नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजित भएका हुन् ।

































