तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसी विशुद्ध अनुदान हो : मन्त्री खड्का

468
shares

काठमाडौँ । सयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै न्यूर्योक पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमसीसीका बारेमा बोल्दै त्यो संशोधन हुन नसक्ने बताएका छन् । यस्को प्रकृया छ त्यसैले नेपालले त्यसलाई संशोधन गर्दा एमसीसी लागु भएका देशहरु समेत प्रभावित हुने भएकाले यो कठिन हुने उनले जिकिर गरेका छन् ।

एमसीसीका लागि राष्ट्रिय सहमति अपरिहार्य हो । तर एमसीसीका बारेमा भईरहेका अनर्गल प्रचार गलत हो, भन्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै मन्त्री खड्काले भने ओली सरकारमा हुँदा धेरै पटक सभापति शेरबहादुर देउवासँग एउटै कुरामा जोड दिन्थे । एमसीसी मुलुकको लागि आवश्यकता हो संसदबाट विना संशोधन पास गर्नुपर्दछ । आफू सत्तामा हुँदा यस्तो भन्ने ओलीले आफू सरकारबाट बाहिर रहँदा संशोधनको माग गरेर दोहोरो चरित्र देखाएकाले त्यो विकासका लागि बाधक रहेको दाबी गरेका छन् ।

एनआरएन न्यूयोर्क च्यापटर, जनसम्पर्क समिति अमेरिकी महावाणिज्यदूत कार्यालयको संयुक्त आयोजनामा भएको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री खड्काले एमसीसी नेपालको आवश्यकता हो भन्ने दोहो¥याएका छन् । सो अवसरमा मन्त्री खड्काले बाहिर हल्ला गरेजस्तो एमसीसी होइन भन्दै दोहोरो चरित्रले कसैलाई शोभा दिँदैन भन्दै यो विशुद्ध अनुदान रहेको बताएका छन् । स्मरण रहोस् एमसीसीको नेपालमा व्यापक विरोध हुँदै आएको भएपनि कम्फर्टेबल सरकारले त्यसलाई जसरी पनि संसदबाट पारित गराउनुपर्ने बताउँदै आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports