नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहने
वि.सं.२०८० साउन ७ आइतवार ०६:५६
shares

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ । गत मंगलबार देखि सुरु भएको बैठक आज पनि जारी रहने छ ।
शनिवारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजे देखि सुरु हुनेछ । बैठक सानेपा स्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ ।आज बाँकी केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् । यसअघि धारणा राखेका नेताहरूले पार्टीभित्र गुटगत गतिविधि बढेकोमा चिन्ता प्रकट गरेका थिए ।


































