विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ललितानिवास र नक्कली भुटानी शरणार्थी प्रकरणमा लिएको मौनताले पार्टीले क्षति व्यहोर्नु पर्ने छ : अर्जुन नरसिंह केसी

741
shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले ललितानिवास र नक्कली भुटानी शरणार्थी प्रकरणमा लिएको मौनताले पार्टीले क्षति व्यहोर्नु पर्ने बताएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता केसीले यी दुई विषयमा मौन रहेका कारण पार्टीमाथि भ्रष्टाचारको संरक्षक रहेको आरोप लाग्ने गरेको उनले सुनाए । ‘यसको बिरुद्ध आन्दोलनको नेतृत्व कांग्रेसले नै गर्नुपर्छ । ललितानिवास र नक्कली भुटानी शरणार्थी काण्डमा हाम्रो मौनताले पार्टी क्षतिग्रस्त हुन्छ भन्ने कुरा नभुलौं,’ केसीले भने ।

त्रिभुवन विमानस्थलबाट बरामद भएको सुनले कौतुहलमय सनसनी उब्जेको उनले पार्टी बैठकमा बताए । ‘भरियालाई मात्र पक्राउ गरेर यसको पछाडि रहेका शक्तिकेन्द्रलाई जोगाउने धृष्टता नहोस्,’ केसीले भने । नेपाल तस्कर र भ्रष्टहरूको स्वर्ग हुन थालेको र गम्भीर संकटको चक्रब्युह वा संकटको पासोतिर उन्मुख रहेको केसीले बताए । सभामुख पद गुमेकोप्रति केसीले नेतृत्वसँग जवाफ मागेका छन् । ‘सभामुख पद कसरी गुम्यो ? एमाले नेतृत्वको निरंकुशताका विरुद्धमा एउटै मिसन लिएर जुटेका प्रचण्ड र माधव नेपाल पनि किन हामीबाट अलगिनु पर्ने स्थिति आयो ?’ केसीले बैठकमा प्रश्न राखे ।

गठबन्धन टुट्ने अवस्था पुग्दा समेत पार्टी बैठकको महत्व नदेखिएको प्रति उनले आश्चर्यता प्रकट गरे । ‘पदाधिकारी समेतलाई किन अलग गराइयो ? यसको जिम्मेवार को ?’ बैठकमा केसीले भने । एक वर्षको अवधिमा मुलुकमा धेरैवटा गम्भीर घटना र परिस्थिति उत्पन्न भए पनि केन्द्रीय समितिको बैठक आह्वान नगरेकोप्रति केसीले असन्तुष्टि व्यक्त गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports