बैठकमा आफ्नो धेरै आलोचना नगरेकोमा सभापति देउवाको धन्यवाद
वि.सं.२०८० साउन १० बुधवार १९:३४
shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धेरै आलोचना नगरेकोमा धन्यवाद दिएका छन् । साउन २ गते बसेको बैठक समापन गर्दै देउवाले नेताहरुबाट धेरै आलोचना नभएको बताए । उनले भने, ‘धेरै आलोचना होला भन्ने थियो । तर भएन । साथीहरुलाई धन्यवाद ।’
केन्द्रीय कार्यसमिति बैठक लाइभ गर्दा पार्टीमा सबै एकसय एक छन् भन्ने थाहा भएको देउवाको भनाइ छ । ‘बैठक लाइभ गर्दा धरै साथीहरुले बोल्नुभयो । सबै एक सय एक हुनुहुन्छ भन्ने थाहा भयो । मैले धेरै बोल्नु छैन ,’ उनले भने । पार्टीका लागि रगत बगाएका र मरेकाहरुको सम्मान गर्नुपर्ने देउवाले बताए । ‘पार्टीका लागि योगदान दिएकाहरुलाई बिर्सिनु हुँदैन,’ उनले भने ।



































