linktrix Long Ad
Salt Trading Long Ad

१९ औं एसियन गेम्सका लागि नेपाल क्रिकेट संघले खेलाडीको नामावली घोषणा

637
shares

काठमाडौं । १९ औं एसियन गेम्सका लागि नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको नामावली घोषणा गरेको छ । जसमा राष्ट्रिय टिमबाट बाहिर रहेका विनोद भण्डारी, विवेक कुमार यादव र अभिनाश बोहोराले पुनरागमन गरेका छन् । क्यानले १५ जनाको नामावली राष्ट्रिय खेलकुद परिषद(राखेप)मा बुझाइसकेको छ ।

टी–२० फम्र्याटमा हुने खेलका लागि विवेकले १४ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् । विनोद भण्डारी र अभिनाश बोहोराले पनि एकदिवसीय फम्र्याटका खेलमा टिप बाहिर थिए । हाल टिममा रहेका ज्ञानेन्द्र मल्ल, अर्जुन साउद, भिम सार्की, देव खनाल, पवन सर्राफ, किशोर महतो, श्याम ढकाल, आरिफ शेख र सूर्य तामाङ एसियाली खेलकुदको टिममा छैनन् ।

एसियनका लागि क्रिकेट टिम

रोहित पौडेल, कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, करण केसी, अभिनास बोहोरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेक कुमार यादव, प्रतिस जिसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports