linktrix Long Ad
Salt Trading Long Ad

कुटनीतिक नियोगका लागि सिफारिस ६ जना राजदूतहरू माथि संसदीय सुनुवाई समितिमा एउटा मात्र उजुरी

728
shares

काठमाडौँ । सरकारले विभिन्न मुलुक तथा कुटनीतिक नियोगका लागि सिफारिस गरेका ६ जना राजदूतहरू माथि संसदीय सुनुवाई समितिमा एउटा मात्र उजुरी परेको छ । नियुक्ति प्रक्रियाका लागि गत साउन ३ गते बसेको संसदीय सुनुवाई समितिको बैठकले १० दिनभित्र उजुरी आह्वान गरेको थियो । भोलि सम्म उजुरी दिने अन्तिम म्याद रहेकोमा हालसम्म एउटा मात्र उजुरी परेको समितिका सहसचिव निर्मलादेवी लामिछानेले रातोपाटीलाई जानकारी दिइन् । भोलि सम्म उजुरी दिने म्याद रहेपनि भोलि शनिबार परेकोले आइतबार सम्म उजुरी दिने समय रहेको लामिछानेले बताइन् ।

एकजना उजुरीकर्ताले समितिमा आएर उजुरी दर्ता गराएर गएको उनले बताइन् । उजुरी गर्ने म्याद सकिएपछि समितिले उजुरीकर्तालाई समितिमा बोलाएर छलपफल गर्नेछ । त्यसपछि प्रस्तावित राजदूतहरु माथि संसदीय सुनुवाई प्रक्रिया शुरु हुनेछ । सरकारले अमेरिकाको न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभा स्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर ओली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराईलाई सिफारिस गरेको छ ।

सरकारले सिफारिस गरेका राजदूत तथा विभिन्न नियोगहरूका प्रतिनिधिहरूको सुनुवाइका लागि प्रष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिनका लागि सुनुवाई समितिले १० दिने सूचना जारी गरेको थियो । मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूतहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports