सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पोखरा महानगरकोे जिम्मेवारी उपप्रमुख गुरुङलाई

533
shares

काठमाडौँ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी लामो समयपछि सोमबार कार्यालय आएका छन् । गत साउन १ गते मस्तिष्कघात भएपछि उपचारका लागि काठमाडौं लगिएका उनी लामो समयको उपचारपछि शनिबार पोखरा फर्किएका हुन् । सोमबार कार्यालय पुगेर प्रमुख जिसीले उपप्रमुख मञ्जुदेवी गुरुङलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका छन् ।

जिसीले कार्यालय नआउँदासम्म कार्यवाहक प्रमुख भई दैनिक कार्य सञ्चालन गर्ने गरी लिखित रुपमा कार्यवाहक प्रमुखको जिम्मेवारी उपप्रमुख गुरुङलाई दिएका हुन् ।

महानगर प्रमुख जिसी कार्यालयमा पुग्दा उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, सचेतकद्वय शोभामोहन पौडेल, रामराज लामिछाने, प्रवक्ता धनबहादुर नेपाली, वडाअध्यक्षहरु तथा विभिन्न महाशाखा प्रमुख तथा कर्मचारीहरुले पुष्प गुच्छासहित स्वागत गरेका थिए ।

त्यसैगरी प्रमुख जिसीले नेपालीहरुको महान् पर्व दसैँ लगायत अन्य चाडपर्वको अवसरमा नगरवासी तथा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् । उनले कोरोना संक्रमणको जोखिम अझै रहेकाले स्वास्थ्यप्रति सचेत भएर चाडपर्व मनाउन नगरवासीलाई आग्रह गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports