kumari
stcnepal

मोतीपुर गोली काण्डबारे एमालेले माग्यो सरकारसँग जवाफ

 

काठमाडौं । नेकपा एमालेले रुपन्देहीको मोतीपुरमा हिजो सुकुम्बासी मारिएको घटनाको विषयमा सरकारको जवाफ मागेको छ । राष्ट्रियसभा बैठकको शुरुमै बोल्दै नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले आफ्नै जिल्लामा सुकुम्बासी मारिँदा गृहमन्त्री बालकृष्ण खाँण मुकदर्शक बनेको आरोप लगाएका छन् । आज अरुका लागि दशैं आएको छ, सुकुम्बासीका लागि दशा आयो । त्यही जिल्लाका गृहमन्त्री हुनुहुन्छ, उहाँले के सोचिरहनुभएको छ ?’ उनले प्रश्न गरे, ‘कुन नैतिकताका आधारमा उहाँ कुर्सीमा बसिरहनुभएको छ ? मलाई उदेक लाग्छ ।

आइतबार बुटवल उपमहानगरपालिकाको मोतीपुर क्षेत्रमा सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो । सांसद भट्टराईले यो घटननाले गृहमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको बताए । उनले मोतीपुर घटनाको निष्पक्ष छानबिन गर्न, घाइतेको उपचारका प्रबन्ध गर्न, मृतकको क्षतिपूर्तिको प्रबन्ध गर्न पनि माग गरे । सुकुम्बासी मारिँदा पनि सरकारले केही प्रतिक्रिया नदिएको भन्दै सांसद भट्टराईले सरकार आँखा, कान र मुख नभएको जस्तो देखिएको बताएका छन् ।

 

footer