kumari
stcnepal

पोखरा अन्तर्राष्ट्रिय विमास्थल देउवाद्धारा निरीक्षण

 

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा अन्तर्राष्ट्रिय विमास्थलका सबै समस्या हल गर्ने बताउँदै तोकिएको समयमै काम सक्ने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिएका छन् । आइतबार पोखरा आइपुगेका देउवा सोमबार बिहान विमानस्थलको निरीक्षण तथा प्रगति बुझ्न विमानस्थल पुगेका थिए । विमानस्थलको प्रगति र विद्यमान समस्याबारे आयोजना प्रमुख बिनेश मुनकर्मीले ब्रिफिङ गरेका थिए ।

विमानस्थलबाट उडान अवरोध गर्ने भएकाले काट्ने भनिएको रिठ्ठेपानी डाँडाको रक ईआईए नहुँदा काम अगाडि नबढेको, उत्तरबाट आउने बाढी विमानस्थल छिर्ने समस्या र त्यसले कटान समेत गर्ने गरेको समस्या मुनकर्मीले देउवालाई सुनाएका थिए । बाढी व्यवस्थापन तथा कटान नियन्त्रण गर्न ३४ करोड रुपैयाँ लाग्ने मुनकर्मीको भनाइ थियो ।

डाँडा कटान गर्न तीन महीना लाग्ने मुनकर्मीले देउवालाई अवगत गराए । प्रधानमन्त्रीले विमानस्थल निर्माण छिटो सक्ने र उडानका लागि आवश्यक प्रक्रिया पूरा गरेर सञ्चालनमा ल्याउने बताएका छन् ।

footer