सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

को को वन्लान् पार्टीको अध्यक्षहरु

546
shares

नेपालीहरुको महान् चाड वडादशै समाप्त भएको छ । अव राजनितिनक दलका नेताहरुले एकले अर्कोलाई गालिगलोज गर्न सिजन सुरु भएको छ । वडादशैका कारण सञ्चारमाध्यमहरु मध्येका पत्रपत्रिकाहरु केही दिन प्रकाशित भएनन् भने अन्य सञ्चार माध्यमहरु पनि कमैमात्रमा सञ्चालनमा आएका थिए । अव सबै क्षेत्रमा समलग्न भएका व्यक्तिहरु आ आफ्नो दैनिकीमा समलग्न हुन थालेका हुनाले राजनितिक दलका नेताहरुपनि आ आफ्नो पार्टीको कार्यक्रममा सहभागी हुन थालिसकेका छन् ।

काग्रेस,एमाले,राप्रापा र माओवादी केन्द्रको समेत यहि वर्ष भित्रमा महाधिवेशन हुने भएपछि उक्त पार्टीका नेताहरुले कही समयका लागि अन्यपार्टीका नेताहरुलाई गालिगलोज गर्नु भन्दा आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरुको मन जितेर फेरि पार्टीको सत्ता हत्याउने प्रयास गर्न थालिसकेका छन् ?

सत्ताधारी दल नेपाली काग्रेसका सभापति एव् प्रधानमन्त्री शेरवहादुर देउवा १४ औँ महाधिवेशनवाट पुन सभापति वन्ने रणनितिमा लागेका छन् । काग्रेसको सभापति पदमा देउवा लगायत महामन्त्री डा. शशाक कोइराला,प्रकाशमान सिह, विमलेन्द्र निधिले आफुहरु सभापतिका उम्मेदवार हुने घोषणा नै गरी सकेका भए पनि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सभापतिका दावेदार रहेकाले र देउवालाई पुन सभापति वन्न नदिने रणनितिमा शेरखर कोइराला समेत संस्थापन इतर पक्षमा रहेकाले संस्थापन इतर पक्षवाट सहमतिका आधारमा एक व्यक्तिमात्र सभापतिका उम्मेदवार भएको खण्डमा देउवालाई पुन सभापति वन्न फलामको चिउरा चपाउनु सरह हुन सक्छ तर अहिलेकै अवस्थामा संस्थापन इतर पक्षवाट एकजना मात्र सभापतिका उम्मेदवार हुन सक्ने समभावना न्यून रहेको छ ।

काग्रेस भित्र रहेका गुट उपगुटहरुको नेतृत्व विभिन्न नेताहरुले गर्दै आएका भएपनि अन्तिम समयमा त्यस्ता गुट र उपगुटहरुले कि त सस्थापन पक्ष कि त इतर पक्षलाई समर्थन जनाउनु पर्ने वाध्यता रहेको र देउवाले सरकारको नेतृत्व गरेको हुनाले विभिन्न आश्वासनहरु दिएर उनले नेता तथा कार्यकर्ताहरुलाई आफ्नो पक्षमा पनि सक्ने प्रवल सम्भावना रहेको छ । सभापति वन्नकै लागि देउवाले अहिले सरकारी कामकाजलाई भन्दा पार्टीका कामलाई प्राथमिकतामा राखेका छन् । त्यस्को एउटै कारण हो पुन सभापति बन्ने मार्ग तयार गर्नु ।

यहि वर्ष नेकपा एमाले,माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समेत महाधिवेशन हुने निश्चित भएको छ । नेकपा एमाले विभाजन पछि एमालेका अध्यक्ष केपी ओलीलाई खासै चुनौति दिन सक्ने व्यतिm एमालेमा अहिले नदेखिएका हुनाले ओलीलाई अध्यक्ष वन्नवाट रोक्न कुनै सम्भावना नै देखिएको छैन । पार्टी विभाजन भएपनि ओलीको क्रेज जनतामा र पार्टीका नेता तथा कार्यकर्ताहरुमा दिनप्रति बढ्दै गएको छ । त्यसैको परिमाण स्वरुप दिनहु नेपाली काग्रेस ,माओवादी केन्द्र र जसपा छोडेर नेकपा एमालेमा प्रवेश गर्नेहरुको संख्या वढीरहेको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हालै ओलीलाई राजनितिवाटै फ्याकिदिन्छु भन्ने अभिव्यक्ति दिएपछि माओवादी केन्द्रभित्रै विवाद उत्पन्न भएको छ । नेपाल कम्युनिष्ठ पार्टीका अध्यक्ष ओली र दाहाल रहेर झण्डै तिन वर्ष सम्म सगै वसेका हुन् । तिनै दाहालले केही समय पहिला ओलीको तारिफ गर्दै आएका थिए तर ओलीवाट आफ्नो स्वार्थ पुरा नभएपछि मात्र उनी ओलीको विरुद्धमा खनिएका हुन् भन्दै माओवादी केन्द्रका नेतासहित कार्यकर्ताहरु एमालेमा प्रवेश गरीरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष दाहालले विभिन्न नामवाट आफ्नो पार्टीभीत्र ३२ वर्ष सम्म अध्यक्ष भएर बसी रहेका छन् । उनै दाहालले प्रजातन्त्र र लोकतन्त्रको माला जप्छन् । आफ्नो पार्टी भीत्रै निर्वाचन गराउन उनी कहिल्यै चाहदैनन् । आफ्नो स्वार्थ पूर्तिको लागि सर्वसम्वत हुनुपर्दछ भन्दै त्यसै गर्दछन् अनि उनलै लोकतन्त्रको पाठ अरुलाई पढाउनु कति उचित हुनेछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पटक÷पटक एकजुट हुदै विभाजित हुदै आएको इतिहास रहेको छ । राप्रपाले यसै महिना महाधिवेशन गर्ने उदघोष गरी रहेका भएपनि प्राविधिक कारणले केहीसमय पछि महाधिवेशन पछि धकेलिय पनि महाधिवेशन हुने प्राय निश्चित रहेको छ । महाधिवेशनका लागि तल्लो तहका निर्वाचनहरु भईरहेका र पार्टी अध्यक्षमा को को उम्मेदवार बन्ने भन्नेमा अहिले सम्म कसैले उम्मेरदवारीको घोषणा नगरी सकेका अवस्थामा को अध्यक्ष वन्छन् भन्न सकिने अवस्था अहिले छैन जे होस् पार्टीको महाधिवेशनवाट निर्वाचित भएर आउने सवै दलका नेतृत्वलाई तोकिएको समयसम्म काम गर्न दिनु उपयुक्त हुनेछ ।

लोकतन्त्रमा पार्टी विभाजन हुनु र विभाजन गराउनु लोकतन्त्रकै लागि अभिशाप हो । प्रधानमन्त्री देउवा र पुष्पकमल दाहालले नेकपा एमालेलाई विभाजन गराएर कलकको कालो टिका वोकी सकेको हुनाले अव अन्य पार्टीहरुका नेताहरुले चुनावमा पराजित हुदैमा पार्टी विभाजित गरेर कालो टिका वोक्ने छैन भन्ने हामीले ठानेका छौँ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports