linktrix Long Ad
Salt Trading Long Ad

संविधान कि सुविधा कार्यान्वयन

819
shares

 

राजन कार्की
१९५० देखि १९६२ सम्म भारतका प्रथम राष्ट्रपति बनेका राजेन्द्र प्रसाद सामान्य खाटमा सुतेर आफ्नो जिम्मेवारी पूरा गरे । उनले राज्यले दिएका कुनै पनि सान, सौकात र सुविधाको दुरुपयोग त परको कुरा उपयोग समेत गरेनन् ।
०४६ सालपछिको बहुदल, ०६३ सालपछिको परिवर्तन र ०६५ सालपछिको लोकतान्त्रिक गणतन्त्रका नेतृत्व बर्गले राज्य ढुकुटीलाई सकेसम्म दोहन गरे ।
यहाँसम्म कि एकजना नेता पनि अहा भन्ने खालको जनआस्था भएका रहेनन् । वर्तमान संसद र सरकारमा भएका नेताहरुमा कुनै न कुनै काण्ड प्रकरणमा नजोडिएका कोही पनि छैनन् ।
अर्थात राजनीति अपराधिकरण भयो । अपराधीको पकडमा राजनीति र शासन प्रशासन गयो । विधिको शासनको चीर हरण भइरहेको छ ।
पुराना बुद्धिजीवी रुजवेल्टले भनेका थिए– प्रजातन्त्रमा राष्ट्रपति, मन्त्री वा सांसद कर्मचारी होइनन् । निर्णायक शासक त जनता हुन् । जनताको गाूस, बास र कपासले भुटभुटिएकालाई हेर्ने काम सरकारको हो, किन हेर्दैन ? किन प्रजातान्त्रिक राष्ट्रपति, मन्त्री, सांसदमात्र होइनन्, भूतपूर्व बनिसकेपछि सबैखाले बिशिष्टले आफू र आफ्नै सेवा सुविधा बढाउने कानुन बनाउन तत्परता देखाए ? बढीभन्दा बढी सुविधाभोग गरिरहेका छन् ।
अर्का दार्शनिक प्लेटोले भनेका थिए– प्रजातन्त्रमा भीडले जस्तो चाहन्छ, त्यस्तै कानुन शासक मार्फत बनाइन्छ । त्यसो भए हाम्रो लोकतन्त्र भीडतन्त्र हो । तिनले जारी गरेको संविधान र अहिले भूतपूर्व बनेपछि पनि राज्यकोषबाट भत्ता, अनेक सुविधा लिने, जो भएको छ, त्यो भीडतन्त्रको ताजा नमूना हो । बाहुबल लगाएर अनैतिक कानुन पनि बनाउन सकिने, शासित बर्ग चुप लागे भने तिनका भागमा आूसुमात्र पर्ने ? नेपालको वर्तमानको परिदृश्य यही हो ।
चर्चित उखान छ– जुनकिरीको पिँधले स्वर्ग उज्यालो हुँदैन । स्वर्ग भनेर जनयुद्ध र जनआन्दोलन मिसाएर बनाएको मिसाइल राजदरवारमा पड्काएर निकालिएको लोकतन्त्रको उज्यालो विशिष्टका लागि मात्र रहेछ, जनताका लागि कौवालाई बेल पाकेसरह हुनगयो । स्वर्ग विशिष्टका लागि बनाइयो, जनताले लोकतान्त्रिक स्वर्ग देख्नै पाएनन् । पेट काटेर कर तिर्नु र भोट हालेर तिरेको करको दुरुपयोग गर्ने भ्रष्ट खजाञ्ची खडा गर्नु नै जनताको तन्त्र हो ?
परिवर्तनकारी नेताहरु भाषण गर्छन्– देश विकास र जनताको सेवा गर्न राजनीति गरेको हो । बिगतमा स्वतन्त्रताका सेनानी शहीद भएका छन्, प्रजातन्त्र सेनानी जनताबाट पुजिएका पनि छन् । यिनै आन्दोलन र बिबादका अनेक श्रृंखलाहरुले जनतामा चेत खुलेको पनि छ । तर त्यो चेतलाई समेत अचेत पार्नेगरी राजनीति गर्नेहरुले यसरी भ्रमको खेती गरे कि शक्तिको जता जता बाहुन, उतै उतै स्वाह भइरहेको छ । राज्यसञ्जाल र राजनीतिक क्षेत्रका नेतृत्वले जे गरे पनि, जे भने पनि त्यही सही मानेर आमनागरिक नतमस्तक भइरहेको छ । जबकि बिकृति र बिसंगतिको फोहरमा झुसिलकिरा उत्पादन भइरहेको छ र त्यही झुस बिझेर जनताको छटपटी दिनदिनै बढिरहेको छ । जनताको पीडा, अपेक्षा हेर्ने फुर्सद कसैलाई छैन ।
हरेक पार्टीहरु आन्तरिक र अन्तरपार्टी बिबादमा छन्, एकदोस्राप्रति कटाक्ष गरिरहेका छन् । आफैले मिलेर जारी गरेको संविधान, संवैधानिक शासनमा यिनको हुनसम्मको झगडा छ । एकथरि जे देशभक्ति भनिरहेको छ, अर्कोपक्ष त्यसैमा राष्ट्रघात देखिरहेको छ । यो कस्तो संविधान हो, जो तेश्रो संविधान दिवस मनाउने दिनसम्म पनि महाभारतको मुसलको महामारीमा छ र देशभक्ति र देशघात पनि छुट्टिन सकेन । भैंसी आहाल बस्ने फोहर पोखरी बन्यो लोकतान्त्रिक राजनीति ।
वर्तमान अथवा पूर्व बिशिष्टले पदासीन हुँदा तलव भत्ता खाने, भ्रष्टाचारमा चुर्लुम्मै डुब्ने, अर्वपति बन्ने अनि अवकाशपछि बढीभन्दा बढी सेवा, सुविधामात्र होइन, व्यापक सुविधा पाउने बन्दोबस्त मिलाइसके । एकजना पनि त्यस्ता विशिष्ट व्यक्ति अथवा नेता निस्केनन्, जसले कंगाल देशमा यस्तो प्रवन्ध आत्मघाती हुन्छ भन्न सकेनन् । अर्वपति पूर्वराष्ट्रपति डा.रामवरण यादव अहिले मासिक ८ लाख राजस्व ग्वाम् ग्वाम् खाइरहेछन्, पचाइरहेछन् । विद्या भण्डारीले पनि सेवा र सुविधा छाडिनन् । नैतिकताको कत्रो खडेरी ? उदाहरण बन्न कोही तैयार छैनन्, राज्यदोहन गर्न सबै अग्रपंक्तिमा छन् । कसले बढी लाभ लिने ? यही प्रतिस्पर्धा चलिरहेको छ ।
वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले त नेपालमै हुनसक्ने उपचार दिल्लीमा गराए । खर्च आपैm तिछु भने, राज्यलाई तिराए ५५ लाख । पूर्व संवैधानिक पदासीनहरु कसैले पाएसम्मको राज्यकोष दोहन गरिरहेकै छन् । यसको अर्थ सबैको सत्ता र राज्यकोषको भत्ता मै ¥याल चुहिएको छ । नेपाली राजनीतिमा जोगी हुन राजनीति गरेको हो र ? भन्ने उखान सुनिन्थ्यो, नभन्दै लोकतन्त्रमा राजनीति गरेर विशिष्ट बन्नेहरु भोगी बन्न तैयार भए ।
बहुदलकालमा कांग्रेस र एमाले मिलेर पजेरो संस्कृति बसालेका थिए, पजेरो व्यापारीले चढे, मार राज्यकोषमा प¥यो । राज्यसञ्चालनमा, शान्ति सुव्यवस्थामा, स्थिरता र उद्यम विकासमा असफल र असक्षम भएका नेताहरुले १७ खर्बको बजेट भएको मुलुकमा १४ खर्ब व्यापार घाटा, २३ खर्बको बैदेशिक ऋण भएको ग्राफ हेर्दै हेर्दैनन्, हेरे पनि असजिलो मान्दैनन् । देश विकास गर्न नसक्ने, जनसहभागितासहितको समृद्धि गर्न नसक्ने अनि सेवा र सुविधा चाहिं आर्यघाटमा शोला चढुन्जेल र शरीरमा आगो झोस्नलाई पनि चाहिने ? यो हो राजनीतिक पाखण्डपन । अति भयो राजनीतिक पाखण्डपन ।
त्यसै पनि असमानता र अन्यायको चपेटामा चेपिएको समाजलाई अग्रगमनमा डो¥याउनुपर्ने थियो । भूकम्पले तिनै कमजोर बर्गलाई लथालिङ्ग पारिदियो । त्यसमाथि प्रत्येक वर्षको बाढी पहिरोले कतिको ज्यान लियो, कतिको उठिवास पारिदियो । तिनले सेवा सुविधा नपाउने, तिनका लागि खडा भएको लोकराज्य प्रभावशालीहरुकै हुरेल धुरेल बन्ने ? अव बैधानिक रुपमै राज्यकोष लुट्न गजेटमै बजेट मिलाउने जुन प्रपञ्च भइरहेको छ, यो अति हो । भनिन्छ, अति गर्नु, अतिसार नगर्नु । तर सत्तासीन, शक्तिशालीहरुको चेत खुले पो ? जनता बौलाए भने यिनको गति के होला ?
परिवर्तनपछिका धेरै प्रधानमन्त्री राष्ट्रसंघमा संवोधन गर्न गए । तिनको आवाज कतिले सुने होलान् ? अमेरिकी राष्ट्रपति सँग मात्र १ मिनेटको फोटो सेशनमा नेपालका प्रधानमन्त्रीले के कुरा गरे होलान् ? यसैबाट नेपालको स्तर थाहा भएन र । यस्तै प्रवृत्ति दोहो¥याउन प्रम प्रचण्ड भदौ ३० मा अमेरिका हान्निने भएका छन् ।
नपढेका राजा महेन्द्र राष्ट्रसंघमा जाूदा अमेरिकी राष्ट्रपति लिंडनबी जोनसन, आइजनहावर, विश्वनेता सिमन पेरेज, इजर वाइजरमेन, राष्ट्रसंघका महासचिव उ थान्टजस्ता व्यक्तिहरुले एयरपोर्टदेखि नै महत्व दिन्थे । विश्व नेताहरुले गर्ने सम्मान, नेपालले के बोल्छ भनेर सिङ्गो विश्वले कान ठाडो पारेर सुनेको दृश्य, त्यो थियो नेपालको स्तर । राजा वीरेन्द्र त विश्वनेतामै दर्ज भएका थिए । उनले कम विकसित मुलुकहरुबारे गरेको भाषणले विश्वभरि तरङ्ग फैलाएको थियो । सुरक्षा परिषदको सदस्य बनिसकेको नेपाल आज कहूँ छ ? नेपालका प्रधानमन्त्री नै दिल्ली पुगेर एकै विचारका साथ अघि बढ्न गरेको प्रतिवद्धताले विश्वलाई नेपालले के भन्छ, के बोल्छ भनेर सुनिरहन जरुरी नै परेन । जे बोल्छ, भारतले बोल्छ र नेपालको भनाई त्यही हुनेछ भन्ने सबैलाई लागिसकेको छ । राष्ट्रसंघमा नेपालको उपस्थिति फगत औपचारिकतामा सिमित हुनपुगेको छ । सत्तासीन र तिनका निकटेहरुलाई राज्यकोष खर्चेर फोकटमा मिलेको घुमफिर र मार्केटिङको सुविधा हुनथालेको छ राष्ट्रसंघको सयर ।
यसैले त नेपाल मगन्ते देशको पहिचानमा झरेको हो । नेपालबारे विश्वलाई थाहा भइसक्यो कि नेता धनी, पार्टी गरिब भएको देश हो । केही व्यक्ति सामन्त छन्, बादशाही रवाफमा छन् र बाूकी अधिकांश जनता गरिब बसोबास देश हो । कागजी घोडा दौडाएर विकासको ग्राफ देखाउने र विकास बजेट भ्रष्टाचारमा सिध्याउने देश हो । संवैधानिक निकायमा समेत राजनीतिक भागबण्डा मिलाएर सेटिङ शासन चलेको देश हो । सुरक्षामा समेत पार्टीका निकट खोज्ने र मिलोमतोमा जे पनि गर्न गराउन सकिने देश हो । यस्तो देशको नागरिकको विदेशमा के पहिचान, के मानमनितो, के सम्मान ?
पहिले राजाले खायो, खायो भनेर जनतालाई उरालियो । १७ हजारको ज्यान जाने गरी जनयुद्ध हाूकियो । परिणाम के निस्कियो, यिनै नेताहरुको मत्स्य न्याय । कूशासनको अराजकता पो राँकियो । परनिर्भर अर्थतन्त्र भएको मुलुकमा केही व्यक्तिलाई भूतपूर्व भएपछि पनि राज्यले पालिरहनुपर्ने ।
हो, सबै सम्पन्न हुँदैनन् । केही आर्थिक रुपमा कमजोर पनि होलान् । तिनका लागि गर्नैपर्ने, पाउनैपर्ने केही सेवा सुविधामा विवेकको प्रयोग हुनसक्छ । बालबालिका र जेष्ठ नागरिकले सामान्य सुविधा नपाउने, पूर्व विशिष्टहरुलाई चाँदीको थालमा राखेर सुँगुरलाई दाना खाना हालेजस्तो हालिरहनु पर्ने ? यस्तो सुविधा पाउनपर्छ भन्नु नै अपराध हो, दिनु र खानु त महाअपराध हो । पूर्वविशिष्टहरुको पहिले कति सम्पत्ति थियो, अवकाश पाएपछि कति सम्पत्ति छ, छानबिन हुनजरुरी छ । केहीलाई उप्रीमाथि थुप्री, आमनागरिकको पुर्पुरोमा हात । यो असमानता लोकतन्त्रको अभिषाप हो । अभिषापबाट राष्ट्र अभिषप्त पार्नुहुन्न । तर दुर्भाग्य नेतृत्वको कोपभाजनमा देश र जनता परिरहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports