सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ललितपुर नगर प्रहरीले ऐतिहासिक सम्पदामा खोलिएका फुटपाथ पसल हटाउँदै

533
shares

 

ललितपुर । ललितपुर महानगरपालिकाले महानगरभित्रका सम्पदाको संरक्षणका लागि फुटपाथ पसल हटाउने अभियान सञ्चालनमा ल्याएको छ । अतिक्रमित सम्पदामा सञ्चालन भएका कपडा तथा तरकारी पसलहरू महानगरका प्रमुख चिरिबाबु महर्जनको निर्देशनमा शनिबारदेखि हटाउन थालिएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताएका छन् ।

विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रभित्रका पाटीपौवा, सार्वजनिक स्थल अतिक्रमण हुँदै आएकोमा ऐतिहासिक महत्व बोकेका सम्पदाहरूको विनाश रोक्न यो अभियान सञ्चालनमा ल्याएको नगर प्रहरी प्रमुख हाछेथु बताउँछन् । विशेष गरी ललितपुर महानगरभित्रका फल्चाहरुमा कपडा र तरकारी पसल सञ्चालन हुँदै आएका छन् । उक्त फल्चामा स्थानीय समितिले पसल खोल्न महिनावारी रकम असुलेर भाडामा दिने गरेको भेटिएको उनले बताएका हुन् ।

उनले मंगलबजारभित्र १५० वर्ष पुरानो फल्चा रहेको जानकारी दिए । उक्त फल्चालाई कृष्ण पार्टी भनेर चिनिन्छ । महिनामा एकपटक भजन कार्यक्रम हुने उक्त फल्चा अतिक्रमण गरी पसल थापिएको र त्यसलाई हटाउने काम भएको पनि उनले बताए । उनले मंगलबजार वरिपरि रहेका पसल, टंगालको मन्दिरपेटीमा राखिएका तरकारी र कपडा पसल, लगनखेलबा मंगलबजार जाने बाटोमा रहेको इतिटोलमा थापिएका पसलहरू हटाएको जानकारी दिए । उनले ललितपुर महानगरभरिका सम्पदामा भएका अतिक्रमण हटाउन मेयर महर्जनले दिएको निर्देशनअनुसार नगर प्रहरी परिचालन हुने बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports