पूर्वन्यायाधीशको निधनका कारण आज इजलास रोकिने
वि.सं.२०७८ कात्तिक ११ बिहीवार १४:०६
shares

काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएका कारण सर्वोच्च अदालतको इजलास नबस्ने भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज इलजास तोकेर आफ्नो एकल इजलासमा ३० वटा मुद्दा राखेका थिए । सर्वोच्चमा न्यायाधीशहरूले इजलास बहिस्कार गरिरहेका बेला जबराले इजलास तोकेका थिए ।
बुधवार अरू न्यायाधीश इजलासमा नबस्दा जबराले एकल इजलासमा पाँच वटा मुद्दाको सुनुवाइ गरेका थिए ।पूर्व न्यायाधीश लम्सालको निधनको शोकमा आज जबराको एकल इजलास पनि नबस्ने भएको सर्वोच्च अदालत स्रोतले जानकारी दियो ।शोक प्रस्ताव पारित गर्नको लागि केही समयमै प्रधानन्यायाधीशको अध्यक्षतामा फूलकोर्ट बस्न लागेको छ ।




































