गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महोत्तरीमा नक्कली नोट छापेको आरोपमा एक जना पक्राउ

585
shares

 

जनकपुरधाम । महोत्तरीमा नेपाली तथा भारतीय रुपैयाँको नक्कली नोट छापेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गौशाला नगरपालिका-९ डुमरवाना घर भइ सोही नगरपालिकाको वडा-५ गौशाला बजारस्थित महावीर दासको घरमा कोठा लिएर बस्दै आएका ४४ बर्षीय सुकन महतो छन् ।महतोलाई नक्कली बनाउन प्रयोग हुने उपकरणसहित विभिन्न दरका नेपाली र भारतीय नोट छापेको विशेष सूचनाको आधारमा पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश विष्टले बताए ।

उनको साथबाट तयारी तथा कटिङ नगरेको नक्कली विभिन्न दरको ८ लाख ८२ हजार ४ सय २० नेपाली नोट र विभिन्न दरको कटिङ गरिएको नक्कली २ लाख ७७ हजार ९ सय ७० भारतीय रुपैयाँ महतोको साथबाट बरामद गरेको प्रहरीले जनाएको छ ।यस्तै उनको साथबाट विभिन्न दरको नेपाली सक्कली नोट ५ हजार ७०, भारु २६ समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रिन्टरमा छाप्दै, स्टाम्प हान्दै

महतोले प्रिन्टरमा रुपैयाँको नक्कली नोट छाप्दै स्टाम्प हान्दै गरेको पाइएको छ । ‘एक थान प्रिन्टर राखेर नक्कली नोट छाप्दै आएका महतोले नेपाली नोटमा प्रयोग भएको लालीगुराँसको छाप र भारु नेटमा प्रयोग हुने महात्मा गान्धी भएको फलामको ढ्याक समेत बनाएको देखियो’ प्रहरी प्रवक्ता विष्टले भने, ‘यसबाहेक काठको ट्रेस फर्मा २ थान, रबर स्टाम्प १ थान र कैंची समेत बरामद गरिएको छ ।’पक्राउ परेका उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports