सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चन्द्रागिरि हिल्सका महाप्रबन्धकलाई ‘वर्ल्ड बुक अफ रेकर्डस्’ सम्मान

481
shares

काठमाडौं । उपत्यकाको एक पर्यटकीय गन्तव्यका रुपमा स्थापित चन्द्रागिरि केवलकारको सञ्चालक संस्था चन्द्रागिरि हिल्स लिमिटेडलाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरिएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले कम्पनीका महाप्रबन्धक अभिषेकविक्रम शाहलाई आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त सम्मान प्रदान गरेका हुन् ।

बेलायतस्थित ‘वर्ल्ड बुक अफ रेकर्डस्’द्वारा पर्यटन तथा सेवाक्षेत्रमा पुऱ्याएको महत्वपूर्ण योगदानका लागि सो सम्मान गरिएको हो ।

व्यावसायिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने प्रभावशाली व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यअनुरुप शाहलाई सो सम्मान प्रदान गरिएको वर्ल्ड बुक अफ रेकर्डस् नेपाल च्याप्टरले जनाएको छ ।

नेपालको पर्यटन क्षेत्रमा देखिनेगरी योगदान गरेकाले चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक शाहलाई सम्मान गरिएको नेपाल च्याप्टरका प्रमुख सागर कटुवालले जानकारी दिएका छन् ।

काठमाडौं उपत्यकाको पर्यटन क्षेत्रको विकास र विस्तारमा चन्द्रागिरि केवलकारले महत्वपूर्ण योगदान गरेको छ । चन्द्रागिरिको टाकुरामा रहेको भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिसोर्टलगायतका पूर्वाधार निर्माणसँगै सो कम्पनीले एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports