सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाढीपहिरोबाट आफन्त गुमाएका परिवारले पाए २ लाख

416
shares

काठमाडौँ । गत महिना लगातार आएको वर्षाको कारणले ज्यान गुमाउने व्यक्तिका परिवारलाई सरकारले दुई लाख रुपैयाँ दिने निर्णय गरे अनुसार जिल्ला प्रशासन कार्यालयले उक्त रकम वितरण गर्न सुरु गरेको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिएा हुन् । सायल गाउँपालिकामा बाढी पहिरोका कारण ज्यान गुमाउने ६ जनाका परिवारका सदस्यलाई गाउँमै गएर राहत रकम दिएको विष्टले बताएका हुन् ।
बाढी पहिरोका कारण सायल गाउँपालिका–१ का बिरे रोकाया, वडा नं. ४ का जंगबहादुर विष्ट, वडा नं. ५ का हिरुवा लुहार, देव डुम्रेल, वडा नं. ६ का सागर कुन्जेडा र आशिष कुन्जेडा गरी ६ जनाको ज्यान गएको थियो ।रेडक्रस सोसाइटी डोटी शाखाले बाढी पहिरोका कारण प्रभावित परिवारलाई भाडाकुँडा, कम्बल, लुगाकपडासहितको राहत सामग्री वितरण गरेको छ ।

वाढी पहिरोजन्य विपदबाट जिल्लामा १५ जनाको मृत्यु भएको छ भने एक जना अझै वेपत्ता छन् । राहत रकम वितरण गर्न बाँकी परिवारलाई पनि तत्कालै उपलव्ध गराइने विष्टले वताए । मृतकका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दिने एक लाख २० हजार रुपैयाँ पनि मंगलबार जिल्ला प्रशासन कार्यालयको खातामा आएको र सो रकम मृतकका आफन्तको बैंक खातामा जम्मा गर्ने प्रमुख जिल्ला अधिकारी विष्टले जानकारी दिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports