सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकार कै कारण चिनीको मुल्यवृद्धि

611
shares

काठमाडौँ । नेपालीहरुको दास्रो ठूलो महान् चाँड तिहार लागिसकेको छ । तिहारमा चिनीको खपत ह्वातै वृद्धि हुन्छ, तिहार र छठमा चिनीको माग अरुवेला भन्दा झण्डै ३० प्रतिशतले वृद्धि हुने भएपनि अर्थमन्त्रालयको असहयोगका कारण जनताले महगो मूल्यमा चिनी खरिद गर्नु पर्ने वाध्यता रहेको छ । नेपाललाई वार्षिक २ लाख ५० हजार मेट्रीक टन चिनीको आवश्यकता पर्दछ । स्वदेशमा उत्पादन हुने चिनीले माग धान्न नसकेपछि प्रत्येक वर्ष १ लाख मेट्रीक टन चिनी विदेशवाट आयत गरी विक्री वितरण गरीदै आएको छ ।

सरकारले चिनी आयतमा ४० प्रतिशत भन्सार लगाएपछि निजी क्षेत्रका व्यवसायीहरुले चिनी आयत गर्ने गरेका छैनन् भने दशै तिहार र छठ पर्वलाई मध्यनजर गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयले २० प्रतिशत भन्सारमा प्रत्येक वर्ष साल्ट टे«डिङ कर्पोरेशन र खाद्य व्यापार कम्पनीलाई चिनी आयतको अनुमतिको इजाजत दिने गरेकोमा यस पटक चिनी आयतमा त्यस्तो अनुमति नदिएको हुनाले बजारमा चिनीको मूल्य १०० देखी ११० सम्म पुगेको छ ।

अहिले सरकारसग चिनी छैन । निजी क्षेत्रका आयतकर्ताले समेत चिनी आयत गरेका छैनन् ,अहिले होलसेल मै कम्तिमा चिनीको मुल्य ९५ सम्म पुगेको छ तर त्यति हुँदाहुदै पनि साल्ट टे«डिङले भने ७९ रुपैयामा चिनी विक्री वितरण गर्दै आएको छ । तर साल्टसग समेत प्रयाप्त चिनी छैन । प्रत्येक ग्रहाकलाई साल्टले २ किलोको दरले चिनी दिने गरेको छ । अहिले स्टक रहेको चिनी तिहारसम्म पुग्न सक्छ त्यसपछि छठको लागि चिनी नै छैन । चिनीको माग छठ पर्वमा अझ बढी हुन्छ । साल्टसग चिनीको मौज्दात सकिदै गर्दा सम्वन्धीत मन्त्रालय हुदै अर्थ मन्त्रालयले सहुलियत दरमा चिनीको आयत गर्न अनुमति नदिएकै कारण चिनीको हाहाकार हुने भएको छ ।

अहिले पनि केही निजी व्यवसायीहरु सग चिनी रहेको भएपनि साल्ट सग चिनी नभएको मौका छोपेर उनीहरुले मन लाग्दी रुपमा चिनीको मूल्य वढाएको भएपनि देउवा सरकार त्यसलाई रोक्न असक्षम भएको छ । निजी व्यवसायीकहरुले एक ट्रन चिनी मगाएर आफूसग स्टकमा रहेको चिनी पनि महगो मूल्यमा नै विक्री गर्ने गरेका छन् । चिनीको मात्र होइन तेल, गेडागुडीलगायत तिहारमा आवश्यक पर्ने सबै सामानको मूल्य वृद्धि गरीएको छ । मैदाको १ बोरामा झण्डै ४०० रुपैया मूल्यवृद्धि भएको भएपनि जनतालाई सेवा सुविधा दिन देउवा सरकार भने आखाँ चिम्लिएर बसेको छ ।

जनताका कुरा गरेर कहिल्यै नथाक्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कै दाहिने हात मानिने अर्थमन्त्री जनार्दन शर्माको लापरवाही र गैरजिम्मेवारी पनले गर्दा जनता महगो मूल्यमा चिनी खरीद गर्न वाध्य भएका छन् । पाँच दलिय गठवन्धनको सरकारले आफ्नो साझा कार्यक्रम घोषणा गर्दा सर्वसुलभ दरमा जनतालाई सेवा सुविधा दिने भनेकोमा अहिले त्यहि पाँच दलिय सरकारले जनताको ढाड सेक्ने गरी मूल्य वृद्धि हुदा समेत वोल्न सकेको छैन । सत्ताहत्याउने वेलामा सस्तो नारा दिएर सत्तामा पुग्ने उद्देश्य पुरा भएकोले गर्दा यो सरकारपनि जनता विरोधी नै ठहरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports