गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिद्धान्त विपरीत पेशी तोके प्रधानन्यायाधिश राणाले

559
shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले असन्तुष्ट न्यायाधीशहरुलाई अप्ठेरो पार्न अरु मुद्दाहरुलाई प्राथमिकतामा राखेर बन्दी प्रत्यक्षीकरणको निवेदनलाई त्यसपछिको प्राथमिकतामा राखेर आज पेशी तोकेका छन् । सिद्धान्ततः बन्दीप्रत्यक्षीकरणको निवेदन उच्च प्राथमिकतामा पर्छ । पेशी तोक्दा बन्दीप्रत्यक्षीकरणको निवेदनपछि मात्रै अरु मुद्दाको पालो तोक्ने चलन छ । न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना र डा. कुमार चुडालको इजलासमा सवारी ज्यानको मुद्दापछि मात्रै बन्दी प्रत्यक्षीकरणको निवेदनको पेशी तोकिएको छ ।

‘बन्दी प्रत्यक्षीकरणको निवेदन सुनुवाइ गर्न तयार भएका न्यायाधीशले पछि अरु मुद्दाहरु हेर्न नभ्याइने भनेर निस्कने गर्थे’ सर्वोच्च अदालत उच्च स्रोतले भन्यो, ‘उहाँले अरु मुद्दा अगाडि राखेर बन्दी प्रत्यक्षीकरणको निवेदन विचमा तोक्नुभएको छ । न्यायाधीशहरु इजलासमा बसेपछि क्रमैसँग मुद्दा हेर्दै जानुपर्छ । बिचको छानेर हेर्न मिल्दैन ।

यही अप्ठेरो पार्न अदालतमा चलिआएको परम्परा मिचिएको देखिन्छ ।’ आज प्रधानन्यायाधीश जबराले ९ वटा इजलास तोकेकोमा आफू र न्यायाधीशहरु नहकुल सुवेदी र विश्वम्भर श्रेष्ठलाई छुट्टाछुट्टै एकल इजलास तोकेका छन् । एउटा तीन सदस्यीय पूर्ण इजलास र पाँचवटा संयुक्त इजलास तोकेका छन् । १७७ वटा मुद्दामा ६ वटा मात्रै बन्दी प्रत्यक्षीकरणका छन् । यसरी सहमति विपरीत प्रधानन्यायाधिश राणाले पेशी तोकेपछि न्यायाधिशहरु आक्रोशित बनेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports