सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रदेश–१ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

442
shares

विराटनगर – प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन्। पाँचदलीय गठबन्धनको समर्थनमा नियुक्त भएका राईले विश्वासको मतका लागि प्रदेशसभा सचिवलाई आइतबार सूचना दिएका थिए । संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका राईले आज विश्वासको मत लिन लागेका हुन्।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।
मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक छ। ९२ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १–१ जना प्रदेश सांसद छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports