प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पत्रकारलाई सर्वोच्चमा रोक

585
shares

 

काठमाडौँ । सर्वोच्च अदालतमा पत्रकारलाई रोक लगाइएको छ । कानुन व्यवसायीको धर्नाको रिपोर्टिङ गर्न गएका रिपोर्टरलाई सर्वोच्च अदालतभित्र छिर्न रोक लगाइएको हो ।

सर्वोच्च अदालतले आफैंले जारी गरेको प्रेस पास देखाउँदा समेत सर्वोच्चभित्र पत्रकारलाई छिर्न दिइएको छैन।

यसअघि बार एसोसिएसनको र सर्वोच्चको गेटबाट भित्र जान दिइएको थियो। तर आज भने प्रवेशमा रोक लगाइएको छ।
आज सुरक्षा निकायले भीत्र जानको लागि रोक लगाएको हो।

सर्वोच्चमा पत्रकारलाई रोक्न नियत नभएको तर सुरक्षा अवस्थाले रोकिएको सर्वोच्च प्रशासनका सहप्रवक्ता देवेन्द्र ढकालले बताए।

’पत्रकारलाई रोक्ने नीति छैन तर सुरक्षा अवस्था हेर्दै रोकिएको हो। पत्रकारलाई सर्वोच्चले रोकेको होइन।’

सुरक्षा स्रोतले भने सर्वोच्च प्रशासनले नै कर्मचारीबाहेक अरूलाई १२ बजेसम्म प्रवेश रोक लगाउन भनिएको बताएको छ।

’हामीलाई सर्वोच्च प्रशासनले नै कर्मचारीबाहेक अरू छिर्न नदिनु भनेर भनिएको थियो। हामीलाई जे आदेश आउँछ त्यही गर्ने हो’, स्रोतले भन्यो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports