अहिलेका नेतृत्व वर्गमा रहेका नेताहरुलाई चुनौति नै चुनौति
वि.सं.२०७८ मंसिर ११ शनिवार २०:४७
shares

काठमाडौँ । मुलुकका प्रमुख राजनितिक दलहरु आ आफ्नो पार्टीको महाधिवेशनमा व्यस्त भएका छन् । सत्ताको नेतृत्वकर्ता दल नेपाली काग्रेस, संघीय ससदको प्रमुख विपक्षी दल नेकपा एमाले अर्को सत्ताधारी दल माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी यतिवेला चुनावको तयारीमा लागेका छन्, भने नेकपा एमालेको महाधिवेशन भोली देखी चितवनमा हुदैछ । नेकपा एमालेले गत असोजमा पहिलो पटक विधान महाधिवेशन सम्पन्न गरीरहेको हुनाले अहिले नेतृत्व चयन मात्र गर्ने भएको छ । नेकपा एमाले विभाजित भएपछि पहिलो पटक महाधिवेशन सम्पन्न गर्न लागेको हो । एक वर्ष भीत्रमा संघीय ससद प्रदेश सभा र स्थायी तहको निर्वाचन हुने भएकोले अहिलेको महाधिवेशनलाई महत्वपूर्ण रुपमा हेरिएको छ । अहिले चुनिने नेतृत्वले निर्वाचनलाई ध्यानमा राखेर आफ्नो निति तथा कार्यक्रम ल्याउनुपर्ने भएकोले गर्दा पनि नेतृत्वलाई सकस पर्ने देखिन्छ ।
सत्ताधारी दल नेपाली काग्रेसको १४ औ महाधिवेशन यहि महिनाको २४ गतेदेखि काठमाडौमा हुने भएपछि काग्रेसभीत्र अहिलेको सभापतिका उम्मेदवार बन्ने होडवाजी चलेको छ । काग्रेसका सभापति एव् प्रधानमन्त्री शेरवहादुर देउवा पुन एकपटक पार्टी सभापति बन्ने दाउँमा रहेका छन् भने उनलाई रामचन्द्र पौडेल , प्रकाशमानसिंह डा. शशाक कोइराला ,शेखर कोइराला लगायत विमलेन्द्र निधिले चुनौति दिने वताईरहेका छन् । लामो समयसम्म देउवालाई साथ दिएका निधि १४ औँ महाधिवेशनमा आफै सभापतिको उम्मेरदवार वन्ने भएकाले गर्दा देउवालाई संकट पर्ने भएपनि संस्थापनइतर पक्षवाट एकजना मात्र उम्मेरदवार वन्न सक्ने सम्भावना क्षीण भएकाले देउवाले नै वाजी मार्न सक्ने आकलन काग्रेसभीत्र हुन थालेको छ । प्रकाशमान सिंहले आफ्नो उम्मेदवारी घोषणा गरी सकेका हुनाले संस्थापनइतर पक्षमा रहेका पौडेल ,कोइराला र निधिले सिंहलाई समर्थन गर्न सक्ने सम्भावना न्यून रहेकोले गर्दा त्यस्को फाइदा देउवाले उठाउन सक्ने सम्भावना देखिन्छ ।
कोइराला परिवारवाट एक जना मात्र उम्मेरदवार बन्न सक्ने सम्भावना पनि देखिएको छैन । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई देउवा पक्षले राष्ट्रिपति वनाउने आश्वासन दिएर उनलाई आफ्नो समर्थनमा ल्याउन सक्ने सम्भावना समेत रहेको कागे्रसका एक नेताले वताएका छन् । पहिलो चरणमा कुनै पनि नेताले ५१ प्रतिशत मत नपाएको खण्डमा सवैभन्दा बढी मत ल्याउने दुई जना बिचमा पुन निर्वाचन हुने काग्रेसको विधानमा व्यवस्था रहेकोले त्यसवेला मात्र गुडगत राजनितिको असर पर्न सक्छ । पहिलो चरणमा निर्वाचन नहुने भन्दै सभापति देउवाले अहिले नेताहरुलाई मिलाउन खासै पहल गरेका छैनन् ।
आउदो पुष महिनामा माओवादी केन्द्रको समेत महाधिवेशन हुने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ३२ वर्षदेखी अध्यक्ष पदमा नै रहेका र उनलाई पार्टीमा च्यालेन्ज गर्ने अरु नेता नभएकोले गर्दा दाहाललाई भने अध्यक्ष हुन कुनै कठीनाई देखिदैन । उनी निर्विरोध अध्यक्ष चुनिने प्रवल सम्भावना रहेको छ । आफ्ना विरोधीलाई तह लगाउन दाहाल अनेक हथकण्डा अपनाउन महिर भएकाले माओवादी केन्द्र भीत्र उनलाई अहिलेको अवस्थामा च्यालेन्ज दिन केही तयार देखिएका छैनन् त्यसैले गर्दा उनी पुन अध्यक्ष हुने प्राय निश्चित जस्तै रहेको छ ।
त्यसैगरी यहि मंसिर १५ गतेदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन काठमाडौमा हुने भएको छ । महाधिवेशन प्रतिनिधिहरु छनोट भईसकेका छन् भने अहिले सम्म सघीय ससदका सासद राजेन्द्र लिङदेन वाहेकले कसैले अध्यक्ष पदको उम्मेरदवारको घोषणा गरेका छैनन् । लिङदेन पक्षमा महामन्त्री पदमा नेपालगञ्ज नगरपालिकामा मेयर डा. धवल शमशेर राणाले उम्मेरदवार घोषणा गरेका छन् भने पार्टी अध्यक्ष त्रय कमल थापा,पशुपति शमशेर राणा र प्रकाश चन्द्र लोहनी समेत जोड घटाउ मै व्यस्त रहेका छन् । अ
हिले छनोट भएर आएका प्रतिनिधिहरु धेरै थापाका पक्षका रहेका हुनाले अन्तिम समय सम्ममा थापाले उम्मेरदवारी घोषणा गर्न सक्ने सम्भावना रहेको छ भने राणा र लोहनीले पनि उम्मेरदवारी दिने आफू निकटहरुलाई वताउन थालेका हुनाले राप्रापाको महाधिवेशनलाई समेत चासोका साथमा हेरिएको छ । राप्रापा विभाजित हुदै र जुट्दै आएको हुनाले पदकै कारण फेरी विभाजित हुने हो कि भन्ने आशाका राप्रापा कार्यकर्ताहरुमा रहेको छ ? राप्रापाको अहिलेको निति र कार्यक्रम कमल थापाले ल्याएको हुनाले उनैको नेतृत्व हुनु पर्दछ भने भनाई धेरै राप्रापाका कार्यकर्ताहरुको रहेको छ । जेहोस् सत्ताधारी दल देखि विपक्षी दलसम्मका महाधिवेशन सुरु भएकाले हुनाले यस पछिको मुलुकको राजनितिक कस्तो हुने हो भन्ने प्रष्ठ हुन सक्छ ।





































