सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शहीद स्मारक ए डिभिजन लिगको गोलमा च्यासलको जित, एपीएफको दोस्रो हार

481
shares

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबले शनिबार एपीएफ फुटबल क्लबलाई १–० ले पराजित गरेको छ । लिगमा च्यासलको यो पहिलो जित हो । पहिलो खेलमा च्यासल थ्री स्टारसंग पराजित भएको थियो ।

विभागीय टोली एपीएफको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा एपीएफ ब्रिगेड ब्वाइज क्लबसंग पराजित भएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा च्यासलका लागि रुमेश बर्ताैलाले दोस्रो हाफमा एक मात्र गोल गरे ।

पहिलो हाफमा च्यासलले गोलका लागि एक अवसर बनाएपनि गोल भएन । विकास मेरागलियाले कमल श्रेष्ठको कर्नरबाट आएको बलमा हेडिङ गरेको बल एपीएफमा राजन गुरुङले गोललाईन अगाडिबाट बचाएका थिए ।

खेलको ४९ औं मिनेटमा च्यासलका लागि रुमेशले गोले गरे । उनले कमल श्रेष्ठको पासमा एक खेलाडीलाई छलाउँदै पेनाल्टी बक्सको ‘एज’ बाट उत्कृष्ट गोल गरेका थिए ।
च्यासलका गोलका लागि दोस्रो हाफमा अरु पनि अवसर बनाएपनि सफल हुन सकेन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports