सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महिला टी–२० विश्वकप छनोट खेलमा नेपालले जित्नै पर्ने दवाव

455
shares

काठमाडौं : आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दै छ । शीर्ष स्थानमा रहेर ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्य सहित यूएई पुगेको नेपाल पहिलो खेलमै हङकङसँग पराजित भएको थियो ।

त्यसपछि लगातार तीन खेल सहजै जितेको नेपाल अन्तिम खेलअघि ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ६ टोली सहभागी छनोटमा यूएई लगातार चार खेल जित्दै ८ अंकसहित शीर्ष स्थानमा छ । नेटरनरेटमा पनि नेपालभन्दा यूएई केही अघि छ । यस्तोमा नेपालले शीर्ष स्थानमा रहन यूएईलाई राम्रो नतिजाले हराउनुपर्ने छ ।

नेपाल र यूएई बीचको खेल दुबई स्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । यस्तै नेपाल समान ६ अंक जोडेर तेस्रो स्थानमा रहेको हङकङले आजै कुवेतसँग खेल्नेछ र कुवेतलाई हराएमा हङकङको पनि ८ अंक हुनेछ । नेपाल र हङकङ दुवै विजयी भएको अवस्थामा तीन टोलीको समान अंक हुनेछ र नेटरनरेट निर्णायक बन्नेछ ।

हङकङ र कुवेतबीचको खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ । यही नेपालले यूएईलाई पराजित गर्न नसके नेपालले छनोटमा दोस्रो हुनेमध्ये उत्कृष्ट दोस्रो स्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने अवसर समेत गुमाउनेछ । समान २ अंक जोडेका मलेसिया, भुटान र अकविहीन रहेको कुवेत भने छनोटबाट बाहिरिसकेका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports