kumari
stcnepal

महिला टी–२० विश्वकप छनोट खेलमा नेपालले जित्नै पर्ने दवाव

काठमाडौं : आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दै छ । शीर्ष स्थानमा रहेर ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्य सहित यूएई पुगेको नेपाल पहिलो खेलमै हङकङसँग पराजित भएको थियो ।

त्यसपछि लगातार तीन खेल सहजै जितेको नेपाल अन्तिम खेलअघि ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ६ टोली सहभागी छनोटमा यूएई लगातार चार खेल जित्दै ८ अंकसहित शीर्ष स्थानमा छ । नेटरनरेटमा पनि नेपालभन्दा यूएई केही अघि छ । यस्तोमा नेपालले शीर्ष स्थानमा रहन यूएईलाई राम्रो नतिजाले हराउनुपर्ने छ ।

नेपाल र यूएई बीचको खेल दुबई स्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । यस्तै नेपाल समान ६ अंक जोडेर तेस्रो स्थानमा रहेको हङकङले आजै कुवेतसँग खेल्नेछ र कुवेतलाई हराएमा हङकङको पनि ८ अंक हुनेछ । नेपाल र हङकङ दुवै विजयी भएको अवस्थामा तीन टोलीको समान अंक हुनेछ र नेटरनरेट निर्णायक बन्नेछ ।

हङकङ र कुवेतबीचको खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ । यही नेपालले यूएईलाई पराजित गर्न नसके नेपालले छनोटमा दोस्रो हुनेमध्ये उत्कृष्ट दोस्रो स्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने अवसर समेत गुमाउनेछ । समान २ अंक जोडेका मलेसिया, भुटान र अकविहीन रहेको कुवेत भने छनोटबाट बाहिरिसकेका छन् ।

 

footer