सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जाजरकोटमा बस दुर्घटना ५ को निधन २७ घाइते

559
shares

जाजरकोट । जाजरकोटमा आज बिहान बस दुर्घटना भएको छ। दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जाजरकोटका डीएसपी मधु कुमार थापाका अनुसार दुर्घटनामा २७ जना घाइते छन्। घाइते सबैको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

नेपालगन्जदेखि जाजरकोटको रिडीबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस राति साढे २ बजेतिर कुदु बराह चौक नजिक दुर्घटना भएको हो। दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको छ ।

दुर्घटनास्थल जिल्ला सदरमुकामबाट १० किलोमिटर पश्चिममा पर्दछ । घटनाको थप विवरण आउन बाँकी छ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports