सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका निर्वाचन हुदै

572
shares

 

काठमाडौं  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयन गर्नका लागि आज निर्वाचन भएको छ । राप्रपाको अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा छ ।
महाधिवेशनमा अध्यक्षको चुनावमा काजगी मतपत्र र बाँकी पदाधिकारी तथा सदस्यको निर्वाचन भने बिद्युतीय भोटिङ मेसिनबाट भइरहेको छ । राप्रपाको ४ हजार ३ सय ८० प्रतिनिधि रहेको छ ।

राप्रपाको खुला उपाध्यक्ष जगत गौचन, दिलविकास राजभण्डारी, ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे, बुद्धिमान तामाङ, रामचन्द्र राय यादवले उम्मेद्वारी दिनुभएको छ । त्यस्तै महिला उपाध्यक्षमा दुर्गा श्रेष्ठ, रोशन कार्की र लिलादेवी श्रेष्ठले उम्मेद्वारी दिनुभएको छ ।

महामन्त्री खुलामा धवलशम्शेर राणा, भाष्कर भद्रा, भुवन पाठक, श्यामप्रसाद तिमल्सेनाको उम्मेद्वारी परेको छ भने महिला महामन्त्रीमा कुन्ती शाही र रेखा थापा उम्मेदवारी परेको छ । निर्वाचनको अन्तिम परिणाम भोली बिहानसम्म आउने अनुमान गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports