भारतीय पूर्वसेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर दुर्घटनामा
वि.सं.२०७८ मंसिर २२ बुधवार १५:२२
shares

भारतीय पूर्वसेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर आज (बुधबार)
दुर्घटनामा परेको छ । टाइम्स अफ इन्डियाका अनुसार रावत, उनका परिवारका सदस्यहरू र केही उच्च सैनिक अधिकारी चढेको इन्डियन एयरफोर्सको एमआई सिरिजको हेलिकप्टर तमिलनाडुको कोइम्बातोर क्षेत्रमा दुर्घटनामा परेको हो । रावत यसअघि भारतीय सेनाका प्रमुख थिए।
उनीपछि मनोजमुकुन्द नरवाणे सेना प्रमुख भएका छन् । रावत अहिले चिफ अफ डिफेन्स स्टाफ थिए । यो पद केही महिना अघिमात्रै सिर्जना गरिएको हो। पहिलो चिफ अफ डिफेन्स स्टाफको रूपमा रावतले २०२० जनवरीदेखि काम थालेका थिए। रावत कुनुरबाट वालिङ्टन जाँदै थिए दुर्घटनास्थलको हेलिकप्टरमा आगलागी भएको देखिन्छ।





































