सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्व डिआइजी खरेलले खोल्ने भए पार्टी

390
shares

काठमार्डौँ । नेपाल सुशासन अभियानका संयोजक तथा पूर्वडिआइजी रमेश खरेलले नयाँ पार्टी गठन गर्ने भएका छन्। एक प्रेस विज्ञप्ति जारी गर्दै ‘नेपाल सुशासन पार्टी’ गठन गर्ने घोषणा गरेका हुन्।आज दिउँसो ३ः३० पत्रकार सम्मेलन गरी उक्त पार्टी गठनको घोषणा गर्ने उनले बताएका छन् ।
देशले राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचारजस्ता कारणले विकासको गति लिन नसकेको भन्दै आफूले नयाँ पार्टी गठन गर्न लागेको उनले बताएका छन्।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गौरवमय इतिहास र आफ्नै फरक पहिचान बोकेको हाम्रो देश नेपाल, पृथ्वीकै लागि गर्विलो देश हो । देशलाई समृद्ध बनाई देश सफल र शक्तिशाली बनाउन नेपालमा थुप्रै सम्भावनाहरू रहेका छन्। तर दुर्भाग्यबस हरेक सम्भावनाबाट पर्याप्तता रहेको हाम्रो देश राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचार जस्ता कारणले गर्दा विकासको गति लिन पाएन ।’
त्यसैले एक नयाँ आयामको रूपमा नेपाललाई सफल र शक्तिशाली देशको रूपमा स्थापित गर्न नयाँ पार्टी गठन गर्न लागिएको उनले बताएका छन् ।

खरेल २९ वर्ष प्रहरी सेवामा कार्यरत थिए । प्रहरी महानिरीक्षक नियुक्तिमा असन्तुष्टि जनाउँदैे डिआइजी पदबाट उनले राजीनामा दिएका थिए। राजिनामा पछि उनी अभियान्त बन्दै अब राजनितिमा प्रवेश गर्ने भएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports