सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रदेश स्तरीय नेपाली मौलिक बाजा प्रशिक्षण

494
shares

पाँचथर । बाह्रदिने च्याब्रुङ प्रशिक्षण सम्पन्नभएको छ । संघीय सांसद तथा भौतिक पुर्वाधार तथा यातायात पुर्व मन्त्री वसन्तकुमार नेम्बाङ,किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरती तुम्बापो, एवं प्राज्ञ सभा सदस्य भुमिका लिम्बु, संगीतज्ञ शिलाबहादुर मोक्तान, प्रसिद्ध गायिका कुन्ती मोक्तान लागायत धेरै विशिष्ट ब्यक्तित्वहरुले हरेक दिनको अवलोकन अनुगमनको क्रममा यस्तो राम्रो प्रशिक्षणमा आफू सहभागी हुन नपाएकोमा दुख लागेको बताउनु भएको थियो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ष्ठनको आयोजना र किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाचथरको ब्यबस्थापनमा प्रदेश स्तरिय लोक बाजा प्रशिक्षण कार्यक्रम अन्तर्गतको कार्यक्रम सदरमुकाम फिदिम स्थित बरदान संगीतालयमा लिम्बू जातिको अत्यन्तै पुरानो मौलिक बाजा के च्याब्रुङको आधुनिक र सांगीतिक सिस्टम भित्र रहेर गरिएको प्रशिक्षण सम्पन्न भएको हो ।

ताप्लेजुङ, पाचथर, तेह्रथुुम लगायतका अत्यन्तै उत्साहित २२ जना प्रशिक्षार्थीहरु रहेको उक्त प्रशिक्षण कार्यक्रम मंसिर १२ गते देखि हरेक दिन दुई सिफ्ट गरेर ७ घण्टाको दरले मंसिर २६ मा समापन भएको थियोे । ‘मैले कैयौ वर्ष केच्याब्रुङ नाचे तर त्यो परम्परागत बादन र त्यस्तै नाचमा मात्र सिमित रहेछ, यो प्रशिक्षणले पुरै आँखा खोली दियो आधुनिक र ब्यबस्थित रुपले बजाउन नाच्न सिक्न पाउँदा सुरु सुरुमा त मै हराएँ तर प्रशिक्षणको केहीदिन देखिमात्र प्रष्ट बुझियो कि हामिले नाचेको बजाएको त पुरै अब्यबस्थित र अबैज्ञानिक रहेछ’ सहभागि ताप्लेजुङका केबि किरातिले बताए ।

यसरी नै हामीले च्याब्रुङ नाच्नु बजाउनु मात्र होइनयसको उत्पती, यसको महत्व देखि बनाउने तरिका समेत जानियो भने मात्रपारङ्गत र सांगीतिक मुलधारमा ल्याउन सकिने रहेछ । तेह्रथुमकी सहभागी समीक्षा थेगुवाले बताइन ।नेपाल संगीततथा नाट्य प्रज्ञा प्रतिस्ठानका प्राज्ञ तथा संगीत बिभाग प्रमुख अशोक राईुको प्रत्यक्ष निगरानिमा सम्पन्न उक्तकार्यक्रमको प्रमुख प्रशिक्षक यासेली योङहाङ र प्रशिक्षकमा वरदान संगीतालयका प्रमुख बुध्दलिम्बु इङ्वा रहेका थिए ।

कार्यक्रममा घटिका थेबे,समिक्षा लिम्बु,जुनु तुम्बापो,सुम्जिरी तुम्बापो,देबुबहादुर सावा,प्रभा मेयोङवा,उदय नेम्वाङ,केबि किराँती,कर्म चन्द्र नेम्बाङ,मन्दिरा मेयोङ्वा,महेश सेलिङ,मिराक हाङ लिम्बू,महेन्द्र कुमार तुम्बापो,चन्द्र प्रकाश तुम्बापो,सेसेमा सुहाङ,तारा लिङ्देन,सम्झना योङहाङ,सुखराज लिम्बू,ज्योति बेघा,सुरेन्द्र सुहाङ,बिरेन्द्र लिम्बु माबो,लाजोहाङ लिम्बूले प्रशिक्षण लिनु भएको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports