आजबाट उपसभापतिको मत गणना हुने
वि.सं.२०७८ मंसिर २९ बुधवार १५:५६
shares

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आजबाट उपसभापतिको मतगणना हुने भएको छ।कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार अब केहीबेरमा पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना सुरू हुनेछ।
आज हामी उपसभापतिकोमात्रै मतगणना गर्छौं। राति दस बजेसम्म सकिन्छ कि भन्नेछ,’ घिमिरेले भने,‘महामन्त्रीको भोलिमात्रै गन्न थाल्छौं।






























