तोडियो कोइराला,सिह र निधिको राजनितिक लिगेसी
वि.सं.२०७८ पुस २ शुक्रवार १३:१९
shares

काठमाडौँ । नेपाली काग्रेसको सभापतिमा दोस्रो पटक शेरवहादुर देउवा नै निर्वाचित भएका छन् । पहिलो चरणमा कुनैपनि उम्मेदवारले काग्रेसको विधानमा व्यवस्था भएअनुसार ५१ प्रतिशत मत नपाएका कारण दोस्रो चरणको मतदान भएको थियो । पहिलो चरणमा सबै भन्दा बढी मत ल्याउने देउवा र डा.शेखर कोइराला बीचमा भएको मतदानमा देउवाले ८ सयभन्दा बढी मतले कोइरालालाई पराजित गरेका थिए । स्मरण रहोस् देउवा पहिलो पटक सभापति हुँदा पनि दोस्रो चरणवाटै सभापतिमा निर्वाचित भएका थिए ।
नेपाली काग्रेसभीत्र नेतृत्व हस्तान्तरणको मुद्धा उठ्दै आएका भएपनि १४ औँ महाधिवेशनमा त्यो असम्भव भएको छ । काग्रेसभीत्र अहिले पनि युवा पुस्ताले नेतृत्वहस्तान्तरणको मुद्धालाई जोडतोडले उठाइरहेका भएपनि तिनै युवा पुस्ताको बहुल्यलता रहेको प्रतिनिधिहरुले नै देउवालाई बहुमत दिएर नेतृत्व हस्तान्तरणको मुद्धालाई कम्तिमा पाँच वर्षका लागि ढोका बन्द गरीदिएका छन् । काग्रेसका वरिष्ठ नेता राचन्द्र,पौडेल ,प्रकाशमान सिह, डा.शशाक कोइराला र विमलेन्द्र निधि एकै ठाउमा उभिन नसकेका हुनाले पौडेल र डा. शशाक कोइराला वाहेकका अन्य नेताहरु सभापतिका उम्मेदवार बनेका थिए ।
काग्रेसको संस्थापन पक्षको विरोधमा रहेका नेताहरुले आपसमा सहमति गर्न नसकेका हुनाले नै देउवालाई दोस्रो पटक सभापति वन्न वाटो खुलेको थियो । पहिलो चरणको निर्वाचनमा प्रकाशमान सिह, विमलेन्द्र निधिले शुरुवात मै हार व्यहोर्नु परेको थियो । आफुहरु निर्वाचनमा नराम्रोसग पराजय भोग्नु परेपछि दोस्रो चरणको निर्वाचनमा उनीहरु दुवैले देउवालाई समर्थन गर्ने निर्णय गरेपछि निर्वाचन हुनु अघि नै देउवाले आफ्नो जितलाई सुनिश्चित गरेका थिए ।
संस्थापन पक्षको विरोधमा रहेका नेताहरुले आपसमा सहमति गर्ने प्रयास गरेपनि त्यो प्रयास विफल भएको थियो । डा. शेखर कोइराला सहमति कै पक्षमा रहेका भएपनि प्रकाशमान सिहले कुनैपनि सर्तमा आफु सभापतिको उम्मेदवार बन्ने भन्दै त्यसै अनुरुप अघि बढेका हुनाले कोइरालाले सभापतिको उम्मेदवारी दिएका थिए । यस पटकको काग्रेसको निर्वाचनले गर्दा कोइराला परिवार पनि छरपष्ट भएको छ । डा. शशाक कोइराला कुनै गुटमा पनि सामेल भएनन् भने सुजता कोइराला ,प्रकाशमान सिह गुटको उपसभापतिकी उम्मेदवार बनेकी छन् । शेखर कोइराला सभापति उम्मेदवार नै बनेर पराजित भएका छन् । निर्वाचन हुनु अघि कोइराला परिवार एकै ठाउमा उभिने अभिव्यक्ति दिदै आएका भएपनि गुटगत स्वार्थ र व्यक्तिगत स्वार्थले गर्दा नै कोराईला परिवार छरपष्ट भएको हुनाले कोइराला परिवारको राजनिति समेत अहिले संकटमा परेको छ ।
यस पालिको निर्वाचनले कोइराला परिवार, गणेशमानसिह परिवार र महेन्द्र नारायण निधिको परिवार र राजनितिक लिगेसी समेत धरापमा परेको छ । नेपाली काग्रेसकै केही नेता र कार्यकर्ताहरुले त सिह र निधिले व्यक्तिगत स्वार्थका लागि गणेशमान सिह र महेन्द्र नारायण निधिको निष्ठालाई नै वहाका छोराहरुले दाउमा राखेको आरोप समेत लगाउन थालेका छन् । यसै कारणले गर्दा तोडिएको सिह र निधिको राजनितिक लिगेसीयो जस्ले जे पनि अब कोइराला परिवारको विरासत शेखर कोइरालाको हातमा पुगेको छ । काग्रेसमा अब देउवा र कोइराला गुट सकृय हुने प्राय निश्चित नै छ, त्यसैले भन्न सकिन्छ शेखर हारेपनि जितेका छन् भनेर ।





































