सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुई समूहबीच छुरा हानाहान हुँदा एकको मृत्यु

507
shares

 

काठमाडौ । सिरहामा दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ। गोलबजार नगरपालिका–६ गोलबजारमा शनिबार राति पौने ८ बजे दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।
उक्त झडपमा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको र अर्का एक घाइते भएको बुढाथोकीले जानकारी दिए। छुरा प्रहारबाट २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको उपचारको लागि आरके मेडिसिटी अस्पताल लगिएको थियो। त्यहाँ पुर्‍याएलगत्तै उनलाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए।‍
त्यस्तै निकेश सदा गम्भीर घाइते छन्। उनको पनि उपचार भइरहेको छ। दुई पक्षका ६(७ जनाबीच झडप भएको प्रहरीले जनाएको छ। उनीहरू अहिले फरार छन्। प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको छ। घटनाको कारण खुलिनसकेको प्रहरीले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports