सिभिल बैंकको शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा
वि.सं.२०७८ पुस ६ मंगलवार ११:३९
shares

काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।




































