विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि दीर्घकालीन योजना सार्वजनिक गरे

806
shares

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि दीर्घकालीन योजना सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि दीर्घकालीन योजना सार्वजनिक गरेका हुन् । मन्त्री पौडेलले स्वास्थ्य बीमा र स्नायु रोगको उपचार केन्द्र स्थापनाबाहेक अन्य पुरानै योजना अघि सारेका छन् ।

मन्त्रीले पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायरा १ लाखबाट ५ लाख बढाउने प्रस्ताव गरेका छन् भने राजधानीमा सुविधा सम्पन्न स्नायु रोग उपचार केन्द्र यथाशीघ्र स्थापना गरिने बताएका छन् । आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम र निःशुल्क उपचारका सबै कार्यक्रमलाई एकीकृत गरेर बिमामा जोड्ने योजना मन्त्री पौडेलले अघि सारेका छन् । उनले १६ औँ योजना तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर दीर्घाकालीन योजना ल्याइएको बताएका छन् । जुन पुरानै योजना हुन् । पौडेलले सातै प्रदेशमा मानवअंग प्रत्यारोपण केन्द्र स्थापना गर्ने, औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढीकरण गरिने बताएका छन् ।

त्यस्तै, प्रदेश तथा सङ्घ अन्तर्गतका अस्पतालमा जलन उपचार निःशुल्क हुने, वार्षिक रूपमा एक पटक खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने लगायतका योजना उनले अघि सारेका छन् । यी योजना कार्यान्वयन गर्नका लागि स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग सुझाव सङ्कलन गरिएको मन्त्री पौडेलले बताए । उनले योजना कार्यान्वयनका लागि पूर्व स्वास्थ्य मन्त्री, पूर्व स्वास्थ्य सचिव, पूर्व महानिर्देशक, पूर्व महाशाखा प्रमुख, स्वास्थ्य क्षेत्रका सरोकारवाला सङ्घ, संस्था र नियकाहरुका प्रतिनिधि, बहालवाला कर्मचारी, अस्पतालका निर्देशक, सञ्चारकर्मी र निजी क्षेत्र तथा विकास साझेदारसहित स्वास्थ्य क्षेत्रका विज्ञसँग सुझाव लिइएको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports